पूर्व विजेताको खुलासा : पहिले नै तय हुन्छ बिग बोसको विजेता !
_FXoqBWbdTc.png)
मुम्बई । विवादित टिभी शो बिग बोस–१८ लगातार चर्चामा छ । अब यो शो बिस्तारै फाइनलतर्फ अघि बढिरहेको छ ।
यसैबिच टिभी अभिनेत्री तथा बिग बोस सिजन ११ की विजेता शिल्पा शिन्देको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनले शोका निर्माताहरूमाथि दर्शकलाई मूर्ख बनाएको आरोप लगाएकी छिन् ।
भाइरल भिडियोमा शिल्पा शिन्दे भन्छिन्, ‘मलाई थाहा छैन, तर कतिपयले थाहा पाइसकेका छन् कि निर्माताहरुले यसको विजेता तय गर्छन् । उनीहरू आफैँ छान्छन्, घरबाट उठाउँछन् र देखाउँछन्। अब च्यानलको जुनसुकै रणनीति छ, जनतालाई पनि थाहा भइसकेको छ, त्यसैले मानिसहरूले शो धेरै हेरिरहेका छैनन् । किनकि तपाईंले कसैलाई केही हदसम्म मात्र मूर्ख बनाउन सक्नुहुन्छ।’
शिल्पाको भिडियोमा प्रयोगकर्ताहरूले पनि चर्को कमेन्ट गरिरहेका छन् । एकले लेखे, 'यो साँचो हो।'
अर्कोले लेखे, ‘यसको मतलब यो हो कि निर्माताले तपाईंलाई विजेता बनाए, तपाईं त्यति हकदार हुनुहुन्नथ्यो।' तेस्रोले लेखे, ‘हो, किनभने हिनाले शो जित्ने हकदार थिइन् ।’
बिग बोस सिजन ११ मा शिल्पा शिन्दे र हिना खानबिच कडा प्रतिस्पर्धा भएको थियो तर ट्रफी शिल्पा शिन्देले जितेकी थिइन् । त्यतिबेला पनि सामाजिक सञ्जालमा धेरैले हिना खान नै ट्रफी जित्नको हकदार हुन् भन्ने विश्वास गरेका थिए । बिग बोस सिजन १८ को ग्रान्ड फिनाले जनवरी १९ मा हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा ४ हजार दीप प्रज्वलन गरिँदै
-
सरकारकाे असल काम देखेर केही समूह आत्तिए - मन्त्री अधिकारी
-
१५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान
-
कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन- नागरिक सचेत भइसके, अब्बल भएर जिम्मेवारी पूरा गर्नू
-
पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो, तस्बिरहरू
-
ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो स्पष्टीकरण पत्र (पूर्णपाठ)