संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका हुन् ।
सभामुख घिमिरेले दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताए । उनले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवर्द्धन हुने जिकिर गरे । उनले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतालई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए । जनताका अभिमतहरु उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताए ।
सभामुख घिमिरेले लोकतान्त्रिक विधिअनुसार नबनेको राजनीतिक दलहरूमाथि प्रश्न उठ्नु स्वभाविक भएको बताए । उनले भने, ‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका सर्वप्रथम माथि रहन पुग्छ । त्यति मात्र होइन, दलहरु नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने र दलको भूमिकामार्फत नै यसलाई प्रवर्द्धन गर्दै अघि जाने कुराहरू हुन्छन् ।’
सभामुख घिमिरेले जनतामा सूचनाको हकको अधिकार सुनिश्चित गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई कांग्रेस सांसदको सुझाव
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
रौतहटमा युवकको शव फेला
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन