रौतटहमा राष्ट्रिय समता पार्टी घोषणा
आइतबार, २८ पुस २०८१, १३ : ३१
रौतहट । संघीय हिन्दु लोकतन्त्र र समतामुलक समाज निर्माण गर्ने प्रमुख एजेन्डासहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरिएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा आइतबार आयोजित कार्यक्रममा उक्त पार्टी घोषणा गरिएको हो ।
सो पार्टीको अध्यक्षमा विजय प्रकाश निषाद रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा विशाल झा, महासचिव डा.अभिषेक तिवारी र प्रवक्ता अधिवक्ता रणवीर कुशवाहा रहेको जानकारी गराइएको छ । त्यस्तै केन्द्रीय प्रशिक्षण विभाग प्रमुख पं.श्रीनन्दन भारद्वाज, मधेस प्रदेश अध्यक्ष विवेक शाह कानु, केन्द्रीय सदस्यहरू, उमेश सराफलगायत रहेका छन् ।
पार्टी घोषणा कार्यक्रममा साधु सन्तहरुको समेत उपस्थिति रहेको थियो । पार्टी घोषणाअघि बृहत शोभा यात्रा निकालिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘रंगी’को पहिलो गीत ‘छ भने माया’
-
पुलमा अत्यधिक भारका ट्रक नियन्त्रण गर्न व्यवसायीको माग
-
छोराका लागि आमिरले छाडे चुरोट
-
नेपाल टेलिकमको ३० प्रतिशत लाभांश पारित, खातामा आजै जम्मा हुने
-
पूर्व विजेताको खुलासा : पहिले नै तय हुन्छ बिग बोसको विजेता !
-
खुला विश्वविद्यालयमा दुई जना प्रोफेसर नियुक्त गरेको विषयमा कारण देखाऊ आदेश जारी