महान्यायाधिवक्ताद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस
आइतबार, २८ पुस २०८१, १२ : ४६
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
आइतबार उनले राष्ट्रपति भवन शीतल निवासमा पुगेर आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
राष्ट्रपति कार्यालयले बडालले संविधानको धारा १५९ बमोजिम प्रतिवेदन पेस गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सो अवसरमा महान्यायाधिवक्ता बडालले महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस र पैरवी तथा प्रतिरक्षा गरिएका मुद्धा, रिट तथा निवेदनहरुको लगत संख्या १४ हजार ७ सय १० रहेकामा ३ हजार ७ सय फछर्र्यौट भएको जानकारी दिए । फछर्र्यौट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘रंगी’को पहिलो गीत ‘छ भने माया’
-
पुलमा अत्यधिक भारका ट्रक नियन्त्रण गर्न व्यवसायीको माग
-
छोराका लागि आमिरले छाडे चुरोट
-
नेपाल टेलिकमको ३० प्रतिशत लाभांश पारित, खातामा आजै जम्मा हुने
-
पूर्व विजेताको खुलासा : पहिले नै तय हुन्छ बिग बोसको विजेता !
-
खुला विश्वविद्यालयमा दुई जना प्रोफेसर नियुक्त गरेको विषयमा कारण देखाऊ आदेश जारी