विभिन्न जिल्लाबाट लागूऔषधसहित ११ जना पक्राउ
काठमाडौँ । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ पक्राउ परेका छन् । सुनसरी, कैलाली, कपिलवस्तु, मोरङ लगायतका जिल्लाबाट ११ जना पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका–२० सानो खैरेबाट अवैध लागूऔषध गाँजा १६
किलोग्रामसहित सोही उपमहानगरपालिका–२० चिण्डेडाँडा बस्ने २३ वर्षीय अर्जित लिम्बु र धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने २९ वर्षीय विवेक राईलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट विष्णुपादुकाबाट खटिएको प्रहरीले को.२४ प ३८९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको टीकापुर नगरपालिका–२ विजयनगरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही नगरपालिका–१ बस्ने २५ वर्षीय श्याम चौधरीसमेत २ जनालाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीकै गोदावरी नगरपालिका–१ भगतपुरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही नगरपालिका–१ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरीलाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै धनगढी उपमहानगरपालिका–३ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका–३ बस्ने ३४ वर्षीय दीपक चदारालाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।
कैलालीका धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित दार्चुला व्यास गाउँपालिका–६ खातीगाउँ बस्ने २६ वर्षीय रवीन्द्र सिंह भण्डारीलाई शनिवार राति प्रहरीले पक्राउ गरेको छ ।अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता कपिलवस्तुको मायादेवी गाउँपालिका– ४ चाकरचौडाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित रुपन्देही सैनामैना नगरपालिका-८ बासगढी बस्ने ३८ वर्षीय बाबुलाल मल्लाह र कपिलवस्तु बाणगंगा नगरपालिका–१ गजेहडा बस्ने २२ वर्षीया निरू मल्ल ठकुरीलाई शनिवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चाकरचौडा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँडा बस्ने चन्द्रदेव मण्डललाई गाँजा २५ किलोग्रामसहित शनिवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यता मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय १ किलोग्राम सहित पर्सा वीरगन्ज महानगरपालिका-२६ अठराह सुगौली बस्ने २० वर्षीय राजन राउत कुर्मीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी
रातमाटेबाट खटिएको प्रहरीले चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक राजनलाई पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको ३० प्रतिशत लाभांश पारित, खातामा आजै जम्मा हुने
-
पूर्व विजेताको खुलासा : पहिले नै तय हुन्छ बिग बोसको विजेता !
-
खुला विश्वविद्यालयमा दुई जना प्रोफेसर नियुक्त गरेको विषयमा कारण देखाऊ आदेश जारी
-
बुमराह घाइते, च्याम्पियन्स ट्रफीको समूह चरण गुमाउन सक्ने
-
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
-
जय शाहको स्थानमा बीसीसीआईको सचिव बने देवजित सैकिया