पत्रकार शर्मासहित विभिन्न व्यक्ति सम्मानित
काठमाडौँ । कमला कार्की स्मृति प्रतिष्ठान पुरस्कारबाट पत्रकार पुष्पा शर्मा सम्मानित भएकी छन् । कमला कार्कीको नवौँ स्मृति दिवसका अवसरमा उनी सम्मानित भएकी हुन् । प्रतिष्ठानले हरेक वर्ष पत्रकारिता क्षेत्रका साथै विभिन्न क्षेत्रमा योगदान पुर्याउने चन्द्रागिरि नगरपालिकामा बसोबास गर्नेलाई सम्मान गर्दै आएको छ । प्रतिष्ठानले शनिवार ब्राइट फ्युचर माविमा एक समारोहको आयोजना गरी पत्रकारिता क्षेत्रमा लामो समय योगदान पुर्याएको भन्दै शर्मालाई नगद रु १५ हजार १ रुपैयाँ सहित सम्मानपत्र प्रदान गरेको हो ।
सोही अवसरमा प्रतिष्ठानले दक्षिण एसियाली खेलकुदकी पदक विजेता बक्सिङ खेलाडी ललिता महर्जन,अभियन्ता एलिना महर्जन, वडा १५ की ज्येष्ठ नागरिक ९१ वर्षीया वेली बेलवासे र वडा १४ की ९६ वर्षीया धनमाया श्रेष्ठलाई पनि नगदसहित सम्मान गर्यो । सबैलाई १५ हजार १ रुपैयाँसहित प्रशंसापत्रबाट सम्मान गरिएको थियो । त्यसै अवसरमा लोकबाजा संरक्षणमा महत्त्वपूर्ण योगदान गर्दै आएको वन्थः चा मिसा पुचःलाई पनि१ लाख १ रुपैयाँसहित सम्मान गरिएको थियो ।
उनीहरूलाई आमाको घरकी अध्यक्ष दिलशोभा श्रेष्ठ, सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशकी पूर्व खेलकुद मन्त्री रमा आले, बागमती प्रदेशका सांसद केशव पोखरेल, प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीलगायतले सम्मान गरे । कार्की प्रतिष्ठानले विगत ९ वर्षदेखि चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने विभिन्न क्षेत्रका राष्ट्रिय ख्याति प्राप्त ३ जना महिला तथा महिलासँग सम्बन्धित रहेर काम गर्ने एक जना सामाजिक संस्था र दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बयान सकियो, बहस सुरु
-
भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत
-
गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु
-
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : नजमुल हुसैन सान्तोको कप्तानीमा बंगलादेशी टोलीको घोषणा, बाहिरिए शकिब अल हसन
-
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको साधारण सभा सम्पन्न
-
म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता