च्याम्पियन्स ट्रफीका लागि मिचेल सान्टनरको कप्तानमा किविज टोलीको घोषणा

काठमाडौँ । निकट भविष्यमा आयोजना हुने आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताका लागि न्युजिल्यान्डले आफ्नो टोलीको घोषणा गरेको छ ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ देखि मार्च ९ तारिखमा पाकिस्तानमा आयोजना हुँदैछ ।
प्रतियोगिताका लागि न्युजिल्यान्ड क्रिकेट बोर्डले मिचेल सान्टनरको कप्तानीमा आफ्नो टोलीको घोषणा गरेको हो । किविज टोलीमा प्रभावशाली युवा ब्याट्सम्यान रचिन रविन्द्र र डेभोन कनवेलाई पनि स्थान दिइएको छ ।
अनुभवी खेलाडी केन विलियम्सले पनि टोलीमा स्थान पाएका छन् । बेन सियर्सलाई पनि किविज टोलीमा समावेश गरिएको छ । सियर्सलाई टी–२० विश्वकपमा रिजर्व खेलाडीका रुपमा टोलीमा स्थान दिइएको थियो ।
पछिल्लो समय उनी घाइते थिए । केही समयअघि स्वस्थ्य भएर उनी घरेलु क्रिकेटमा फर्किएका हुन् । च्याम्पियन्स ट्रफीका लागि घोषित न्युजिल्यान्डको टोलीमा अनुवभी र युवा खेलाडीहरुको उपयुक्त समिश्रण देखिन्छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा आयोजित सीमित ओभरको प्रतियोगितामा पहिलो पटक मिचेल सान्टनरले कप्तानीको जिम्मेवारी पाएका हुन् । उनले केन विलियम्स र टम लाथमका रुपमा दुईजना अनुभवी खेलाडीको साथ पाउने छन् ।
केन विलियम्सनले सन् २०१३ र सन् २०१७ मा पनि च्याम्पियन्स ट्रफी खेलेका थिए । उनले च्याम्पियन्स ट्रफीको इतिहासमा हालसम्म ६ खेल खेल्दै ६९ को औसतले कुल तीन सय ४५ रन बनाएका छन् ।
आगामी च्याम्पियन्स ट्रफीमा तीव्र गतिको बलिङको जिम्मेवारी भने म्याट हेनरी र लोकी फर्गुसनको काँधमा रहने छ । स्पिन बलिङको जिम्मेवारी भने मिचेन सान्टनर, रचिन रविन्द्र, ग्लेन म्याक्सवेल र माइकल ब्रासवेलले सम्हाल्ने छन् ।
च्याम्पियन्स ट्रफीका लागि घोषित किविज टोलीमा मिचेल सान्टनर (कप्तान), माइकल ब्रासवेल, मार्क च्यापम्यान, डेभोन कनवे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम, ड्यारल मिचेल, विलियम ओ’रुर्क, ग्लेन फिलिप्स, रचिन रविन्द्र, बेन सियर्स, नाथन स्मिथ, केन विलियम्सन र विल योङ रहेका छन् ।
आगामी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा बंगलादेश, भारत र आयोजक पाकिस्तान पनि छन् । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा भने अफगानिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् ।
ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको आइतबारको आन्दोलनमा जगमान नेतृत्वको समितिको साथ
-
रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान
-
राप्रपालाई सरकारको चेतावनी : अराजकता फैलाए कानुन बमोजिम कारबाही हुन्छ
-
‘आइमाई पनि न्यायाधीश ! कस्तो रहेछ आइमाई न्यायाधीशको अनुहार !’
-
बट्लर ३ रनले शतकबाट चुके, दिल्लीमाथि गुजरातको ७ विकेटको जित
-
प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानद्वारा २ अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान