नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिजको अध्यक्षमा ठकुरी चयन
आइतबार, २८ पुस २०८१, १० : ३९
काठमाडौँ । जलयात्रा व्यवसायीहरूको संस्था नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा कमलबहादुर ठकुरी चयन भएका छन् ।
३६औँ साधारण सभाबाट एड्भेन्चर रिभर ट्रेल प्रालिका ठकुरीको अध्यक्षतामा ७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
सभाले उपाध्यक्षमा हिमालयन रिभर अपरेटर्स नेपाल प्रालिका शुकबहादुर लामा, महासचिवमा नेभिगेट आउटडोर्स प्रालिका चूडामणि अर्याल, सचिवमा कर्णाली राफ्टिङ एन्ड एड्भेन्चर प्रालिका सञ्चालक देवराज जैसी चयन गरेको छ । त्यस्तै सहकोषाध्यक्षमा लस्ट प्याडल प्रालिका गोविन्द पाठक चयन भएका छन् ।
बिग स्माइल नेपाल प्रालिका विष्णु गुरुङ र एमबीएस राफ्टिङ प्रालिका सञ्जीवकुमार तामाङ सदस्य चयन भए । एक जना कोषाध्यक्षपछि चयन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्नातकोत्तर तहको नेटवर्क तथा साइबर सेक्युरिटी कोर्समा त्रिविले दियो नयाँ विकल्प
-
रौतटहमा राष्ट्रिय समता पार्टी घोषणा
-
समावेशिता भाषण गरेर मात्र हुँदैन : विश्वकर्मा
-
निकुञ्जले अनुमति दिँदा पनि खुम्बु क्षेत्रमा किन उड्न सकेन हेलिकप्टर ?
-
बागमतीलाई हराउन पुलिसले ११६ रन बनाउनुपर्ने
-
नेपालमा पहिलोपटक क्वानकिडोको अन्तर्राष्ट्रिय सेमिनार