नामीको नयाँ अत्याधुनिक शोरुम उद्घाटन

काठमाडौँ । एमएडब्ल्यू वृद्धि मोटर्सद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ। यसै अवसरमा नामीले सीमित समयका अफरहरू सहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि सुरु गर्न लागेको जानकारी दिएको छ ।
नक्सालको नागपोखरीमा आयोजित उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायत प्रमुख व्यक्तित्वहरू सँगै नामीका ग्राहकहरू र मिडिया क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।
अगस्ट, २०२४ मा वाइल्ड रिपर्ज, सबिन राई र फारोको प्रस्तुति र फेसन शो सहितको सफल सुरुवात पछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको बताउँदै आएको छ।
“नेपालमा हाम्रो अत्याधुनिक शोरूम खोल्न पाउँदा हामी रोमाञ्चित छौं”, एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं।”
नयाँ शोरूममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको छ। यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू