आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ्

१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म

शनिबार, २७ पुस २०८१, २३ : ५०
शनिबार, २७ पुस २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 
१. पृथ्वीजयन्ती
तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ। यो वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाइएको हो । 

२. जलपान
 पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम गरेको छ। सो कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका छन्।

३. सदाय बस्ती
 यतिखेर तराई–मधेसमा अत्यधिक चिसो छ । पछिल्ला केही दिनदेखि लागेको कुहिरो र निरन्तर चलेको हावाका कारण चिसो बढेको हो । 

४. विपिनको रिहाइको पहल
हमासले इजरायल आक्रमणका क्रममा बन्धक बनाएकाहरूलाई रिहा गर्ने कुरा बाहिर आएपछि नेपालले पनि विपिन जोशीको बारेमा चासो लिन थालेको छ । 

५. कथा बहस
लेखन वा सिर्जनाका क्षेत्रमा कथा कहाँ छैन रु हरेक इतिहासमा कथा छ, काव्य–महाकाव्यमा कथा छ, नाटकमा कथा छ, उपन्यासमा कथा छ । जब मानिसले साहित्यका अनेक विधाबाट कथालाई छुट्ट्याएर लेख्न वा बुन्न खोज्यो, तब छोटो कथा वा लघुकथा (अंग्रेजीमा सर्ट स्टोरी) जन्मियो । 

६. विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत
 नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । शुक्रवारको मन्त्रिपरिषद्ले दुवै संगठनको ऐनको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको गृह मन्त्री रमेश लेखकले शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बताए ।

७. नाम सिफारिस
नेपाल बार एसोसिएसनले रिक्त न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई सिफारिस गरेको छ। शनिबार बसेको बार कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए।

८. अपराध
आजका अपराधका घटनाहरु

९. खेलकुद
आजका खेलकुदका घटनाक्रम

१०. शनिबार विशेष
रातोपाटीको शनिबार विशेष सामग्री

११.लुम्बिनी नवौँ स्थानमा
विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ । हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । 

१२. पुनः मौसम बदली सुरु
मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप