प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

बैतडी । प्रधानमन्त्री कप टि–२० महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको अन्तिम टोली घोषणा भएको छ । प्रतियोगिताका लागि विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए ।
कप्तानमा विन्दुसँगै टोलीमा रितु कनौजिया, कविता कुँवर, शोभा रोकाया, करिश्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मञ्जु विष्ट, मनिषा बोहरा, रविना धामी, आशिका महरा र मनिषा खत्री रहेका छन् ।
प्रशिक्षकमा नीरज चन्द, व्यवस्थापकमा पार्वती बोहरा र फिजियो तथा सहायक प्रशिक्षकमा दिपेन्द्र बोहरा रहेका सचिव भट्टले बताए । यही पुस १९ गतेदेखि २५ गतेसम्म बैतडीमा सञ्चालन भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका २० खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो ।
बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा सञ्चालन भएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा अन्तिम टोली सार्वजनिक गरिएको प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा आगामी माघ १ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितको कीर्तिमानी प्रदर्शनसँगै पुलिस क्लबको लगातार आठौँ जित
-
नेपालको यू–१९ टोलीले दिल्लीको यू–१९ टोलीलाई हरायो
-
म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छः देउवा
-
अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छः प्रधानमन्त्री
-
राजतन्त्र फर्कन किन हुन्न ?
-
संविधानविरूद्ध चलखेल नगर्न पूर्व राजालाई माओवादी उपाध्यक्ष सापकोटाको चेतावनी