कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा पोखरेल
काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा प्रकाश पोखरेल नियुक्त भएका छन् । क्याम्पस व्यवस्थापन समितिको हालै बसेको बैठकले पोखरेललाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।
विगत १४ वर्षदेखि कोटेश्वर क्याम्पसमा अध्यापन गराउँदै आएका पोखरेल विद्यावारिधिरत रहेका छन् । नवनियुक्त क्याम्पस प्रमुख पोखरेलले अनुसन्धान व्यवस्थापन एकाई (आरएमसी) को प्रमुख र सहायक क्याम्पस प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका छन् । नव नियुक्त क्याम्पस प्रमुख पोखरेलले एक समारोहबिच क्याम्पसमा पदभार ग्रहण गरेका छन् ।
क्याम्पस व्यवस्थापन समिति सदस्य लेखनाथ घिमिरेका अनुसार व्यवस्थापन समितिले निवर्तमान क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीको विदाई र नवनियुक्त क्याम्पस प्रमुख पोखरेललाई स्वागत गरेको छ । कार्यक्रममा नव नियुक्त क्याम्पस प्रमुख पोखरेललाई क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक र कर्मचारीले बधाई सहित स्वागत गरेका थिए भने निवर्तमान क्याम्पस प्रमुख कार्कीलाई विदाई गरेका थिए ।
पोखरेलले क्याम्पसको थप पूर्वाधार निर्माणका लागि रणनीतिक योजना बनाएर अगाडि बढ्नुका साथै गुणस्तरिय शिक्षामा जोड दिएर क्याम्पसलाई देशकै सामुदायिक क्याम्पसहरुमध्ये उत्कृष्ठ क्याम्पसको रुपमा विकास गर्ने आफ्नो आगामी योजना रहेको बताए । वि.सं २०४७ सालमा स्थापना भएको कोटेश्वर क्याम्पस सामुदायिक क्याम्पस हो ।
प्लस टु, स्नातक र स्नातकोत्तर तह गरि यस क्याम्पसमा करिव चार हजार विद्यार्थी अध्ययनरत छन् । न्युन शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यो क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले विसं २०८० मा गुणस्तर प्रत्यायनकृत (क्यूएए) समेत प्रदान गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
-
‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
-
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
-
पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु
-
कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा पोखरेल