आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : विधेयक संसद्‍मा पठाउनेदेखि राप्रपाको जलपानसम्म

शनिबार, २७ पुस २०८१, २१ : ४१
शनिबार, २७ पुस २०८१

आज मिति २०८१ साल पुस महिनाको २७ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

  • पृथ्वीजयन्ती

तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ। यो वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाइएको हो । 

  • जलपान

 पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम गरेको छ। सो कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका छन्।

  • सदाय बस्ती

 यतिखेर तराई–मधेसमा अत्यधिक चिसो छ । पछिल्ला केही दिनदेखि लागेको कुहिरो र निरन्तर चलेको हावाका कारण चिसो बढेको हो । 

  • विपिनको रिहाइको पहल

हमासले इजरायल आक्रमणका क्रममा बन्धक बनाएकाहरूलाई रिहा गर्ने कुरा बाहिर आएपछि नेपालले पनि विपिन जोशीको बारेमा चासो लिन थालेको छ । 

  • कथा बहस

लेखन वा सिर्जनाका क्षेत्रमा कथा कहाँ छैन ? हरेक इतिहासमा कथा छ, काव्य–महाकाव्यमा कथा छ, नाटकमा कथा छ, उपन्यासमा कथा छ । जब मानिसले साहित्यका अनेक विधाबाट कथालाई छुट्ट्याएर लेख्न वा बुन्न खोज्यो, तब छोटो कथा वा लघुकथा (अंग्रेजीमा सर्ट स्टोरी) जन्मियो । 

  • विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत

 नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । शुक्रवारको मन्त्रिपरिषद्ले दुवै संगठनको ऐनको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको गृह मन्त्री रमेश लेखकले शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बताए ।

  • नाम सिफारिस

नेपाल बार एसोसिएसनले रिक्त न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई सिफारिस गरेको छ। शनिबार बसेको बार कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए।

  • अपराध

आजका अपराधका घटनाहरु

  • खेलकुद

आजका खेलकुदका घटनाक्रम

  • शनिबार विशेष

रातोपाटीको शनिबार विशेष सामग्री

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप