पाल्पामा गाडीको ठक्करबाट एक महिलाको मृत्यु
शनिबार, २७ पुस २०८१, २१ : ३८
![पाल्पामा गाडीको ठक्करबाट एक महिलाको मृत्यु](https://npcdn.ratopati.com/media/news/accident_OynmnXhbfw.jpg)
बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको फोर्स गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिवार पाल्पा गुल्मी सडक खण्ड अन्तर्गत तानसेनमा लु २ ख ५६१८ नम्बरको फोर्स गाडीले बाटोमा हिँडिरहेकी तानसेन नगरपालिका ११ सामाकोटकी ४६ वर्षीय सिता गहजराज लाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएकी गहजराजको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए । उनले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षी दलद्वारा संसद् अवरोध
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ
-
सांसद पराजुलीको प्रश्न– निरङ्कुशताविरुद्ध लडेको इतिहास बोकेका दलहरू किन निरङ्कुश बन्दैछन् ?
-
इसेवाको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने, यस्तो छ प्रक्रिया
-
इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट निकाल्न मिल्ने
-
१९ वटा वाणिज्य बैंकले बोलाए साधारणसभा, ११ बैंकको लाभांश घोषणा