कथा कस्तो हुनुपर्छ ?
‘एक बसाइमा पढिसकिने सानो तर स्वयं पूर्ण इतिवृत्ति नै छोटो कथा हो, जो एउटै विशिष्ट प्रभाव उत्पन्न गराउनका निम्ति लेखिन्छ ।’ लघुकथाका प्रवर्तक अमेरिकी कथाकार (१८०९–१८४९) को भनाइ यो हो ।
हाम्रो सरकारी शब्दकोशले कथाको अर्थ लामो दिएको छ, ‘प्रबन्धात्मक रूपमा गद्यमा लेखिएको आख्यानात्मक लघु रचना; कहानी; गल्प । नाटक, उपन्यास, महाकाव्य आदिमा पाइने कथावस्तु; कथानक; कथासार । चम्पूका रूपमा अथवा विशुद्ध गद्यमा लेखिएका आधुनिक कथा अथवा उपन्यासका पूर्वरूप मानिने विविध आकारप्रकारमा विभक्त आख्यानसाहित्यको पुरातन रूप; उपाख्यान; दन्तेकथा; आहान; किस्सा; कुथुङ्ग्री । उक्ति; कथन; भनाइ । नालीबेली; पुब्र्यौली; पुख्र्यौली; इतिवृत्त; इतिहास ।’
कथाको अर्थ र आयाम सानो छैन । सभ्यताको इतिहासमा मानिसले विभिन्न कथा रच्यो, कथा भन्यो, कथा सुन्यो, कथा बोक्यो । आज मानव समुदाय जहाँ उभिएको छ, यहाँसम्म आइपुग्दाका अनगिन्ती कथा छन् ।
लेखन वा सिर्जनाका क्षेत्रमा कथा कहाँ छैन ? हरेक इतिहासमा कथा छ, काव्य–महाकाव्यमा कथा छ, नाटकमा कथा छ, उपन्यासमा कथा छ । जब मानिसले साहित्यका अनेक विधाबाट कथालाई छुट्ट्याएर लेख्न वा बुन्न खोज्यो, तब छोटो कथा वा लघुकथा (अंग्रेजीमा सर्ट स्टोरी) जन्मियो ।
अमेरिकी लेखक सेल्डन चेनीले कथा भन्ने र अभिनय गर्ने अभ्यास सँगसँगै सुरु भएको कल्पना गरेका छन् । ‘कल्पना गर्नुस्, यो अल्तामिराको भित्तेचित्रहरूको युग हो । रात परेको छ, बिचमा आगो बालेर हामी सबै त्यसको चारैतिर बसेका छौ“ । आगोको एक छेउमा कबिलाहरूको नाइके बसेको छ । आज उसले एक सिंह मारेको घटना सुनाउ“दै छ— मैले सिंहलाई पछ्याउ“दै थिए“, ऊ मैतिर आयो । मैले आफ्नो भालाले आक्रमण गरे“ । ऊ भुइ“मा लड्यो,’ सेल्डन चेनीले आफ्नो पुस्तक ‘द थियटर : थ्री थाउजेन्ड एयर्स अफ ड्रामा, एक्टिङ एन्ड स्टेजक्राफ्ट’मा लेखेका छन्, ‘यत्तिकैमा उसको दिमागमा एक विचार पैदा भयो र आफूले कसरी सिंह मारे भन्ने घटना अभिनय गरेर देखाउन चाह्यो । ठिक यसै क्षण नाटकको जन्म भयो ।’
सुरुमा मानिसले साँझपख अर्थात् निदाउनुअघि आगोको छेउमा बसेर आफ्नो पौरख र संंघर्षलाई कथाका रूपमा सुनाउँथ्यो । विशेषतः आफ्ना पुर्खाको संंघर्षलाई बढाइँचढाइ गरेर कथा बनाउँथ्यो । । आफू, आफ्नो संघर्ष, आफ्ना पुर्खा, आफ्नो समुदाय र देशकै कथा भन्नका लागि मानिसले साहित्यका अनेक विधा जन्मायो । आज हामी जसलाई कथा वा कथासंग्रह भनेर लेख्छौँ वा पढ्छौँ, यसको सुरुवात भएको भने धेरै भएको छैन । यसको प्रवर्तन इसाको १९औँ शताब्दीमा पश्चिममा भएको हो । छोटा कथाहरूको संग्रहका रूपमा एडगर एलन पोको पहिलो पुस्तक ‘टेल्स अफ द ग्रोटेस्क एन्ड अरेबेस्क’ सन् १८४० मा प्रकाशित भएको थियो ।
‘कथामर्मज्ञ एडगर एलन पोले कथाको परिभाषा दिई यसलाई चिनाउने महत्त्वपूर्ण काम मात्रै गरेनन्, लघुकथाहरू पनि लेखे । कथालाई सबैभन्दा पुरानो रचना मानिए पनि अहिले हामी जेलाई कथा भनी बुझ्छौँ त्यसले पुरानो नभई नवीन साहित्यिक रचनालाई बुझाउँछ । अहिले हामीले बुझ्ने गरेको, अध्ययन गर्ने गरेको कथा भने अंग्रेजीको सर्ट स्टोरी शब्दले बुझाउने कथा हो र यसलाई लघुकथा पनि भनिन्छ’ (आधुनिक नेपाली कथाका उत्तरवर्ती चरणका प्रवृत्ति, लेखक : डा. लेखराज खतिवडा र महेन्द्र भण्डारी) ।
हामीले नेपाली कथाको प्राथमिक काल भनेर वि.सं. १८२७ देखि १९५७ सम्मलाई मानेका छौँ । नेपाली कथा लेखनको इतिहास खोज्दा वि.सं. १८२७ मा शक्तिवल्लभ अज्र्यालले लेखेको ‘महाभारत विराटपर्व’सम्म पुग्नुपर्छ । यस्तै गोरखापत्रको प्रकाशन (वि.सं. १९५८) सँगै नेपाली कथाको माध्यमिक काल सुरु हुन्छ भने शारदा पत्रिकामा नासो कथा छापिएसँगै नेपाली कथाको आधुनिक काल (१९९२ देखि यता) सुरु हुन्छ, (नेपाली कथाको इतिहास, लेखक : डा. लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारी ।)
‘लघु आयतन भएको सीमित परिवेशमा आधारित तथा न्यून पात्रहरूको उपस्थिति भएको र प्रभावपूर्ण भाव वा विचारयुक्त घटना भई लघु संरचनामा आबद्ध गद्य रचनालाई कथा भनिन्छ,’ डा. गौतम र अधिकारीले उपरोक्त पुस्तकमा कथाको परिभाषा गरेका छन् ।
नेपाली कथा कस्तो हुने भन्ने सम्बन्धमा रत्नध्वज जोशीले २०२५ सालमा ‘नेपाली कथाको कथा’ नामक पुस्तक लेखेका थिए । यस पुस्तक भन्छ, ‘कुनै घटनाविशेषलाई कथाको रूप दिन कथाकारको श्रम (अध्ययन र अभ्यास) तथा प्रतिभाको त्यत्तिकै जरुरत रहन्छ, जति माटाको डल्लो विशेषलाई कुनै प्राणी विशेषको, कुनै एक रागात्मक अवस्था विशेषको मूर्त रूप दिन एक मूर्तिकारको अध्ययन, अभ्यास र प्रतिभा आवश्यक हुन्छ ।’
हामीकहाँ आधुनिक कथा कस्तो हुने भन्ने सम्बन्धमा २०३८ सालमा राम्रैसँग बहस भएको देखिन्छ । त्यतिबेला ‘कथा सप्ताह २०३८’ आयोजना गरेर डा. तारानाथ शर्मा, कृष्ण गौतम, केशव सुवेदी, अच्युतरमण अधिकारीले ‘आधुनिक नेपाली कथाको विकास’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त कार्यपत्र भन्छ, ‘नेपालीमा पनि पहिले कथा त थिए तर तिनका शिल्प र संरचना आधुनिक कथाका जस्ता थिएनन्, ती कि अनुवाद थिए, कि नैतिक वा औपदेशिक, कि त ती असम्भव घटना हुन्थे, कि थिए तिलस्मी, चटके, मनोरञ्जनात्मक र अतिशयोक्ति पूर्ण । ती कसिला, रसिला, छरिता थिएनन्, तिनमा नयाँ आस्वाद थिएन । ती खिस्सा थिए, आख्यानात्मक थिए, घटनाप्रधान र कल्पित । आधुनिक कथा छिटो, छरितो, रसिलो, भरिलो, पत्यारिलो प्रभावपूर्ण तथा गम्भीर हुन्छ ।’
छोटा कथाको उत्पत्ति र उत्थानको यो पृष्ठभूमिमा प्रश्न जन्मन्छ— कथा किन लेख्ने ? र कथा कस्तो हुने ?
आफ्नो बारेमा, कसैको बारेमा वा केहीको बारेमा बुझिने गरी वा संकेत गर्ने गरी केही भन्नकै लागि कथा बुन्ने हो । कथाले जीवन र जगतकै विविध घटना र पक्षलाई लिएर नयाँ संसार कल्पना गरेको हुन्छ । कथामा आउने घटना विशेषतः दुई प्रकृतिका हुन्छन्— राजनीतिक र प्राकृतिक (विपत्) । कथा बन्नका लागि कथामा आउने पात्रसँग सम्बन्धित खास प्रकृतिका घटना आवश्यक हुन्छन् । संसारमा जे जे भएका छन्, ती घटनाकै रूपमा भएका छन् । मानिस सबैभन्दा बढी चनाखो हुने पनि घटना विशेषसँग हो । घटना र दुर्घटनाका त्रास र आनन्द नै मानिसको स्मृतिमा विशेष रूपमा रहेको हुन्छ । त्यसैले मानिसलाई केही सम्झाउन र बुझाउन घटना आवश्यक हुन्छ । वास्तवमा कथा भनेकै घटनावृत्त हो, कथाका घटना काल्पनिक र वास्तविक दुवै हुन सक्छन् ।
कथाकारले कथामार्फत यस्तो समाजको अपेक्षा गर्छ, जुन समाज न्याय र विवेकमा चलोस् । कथामा समाजभित्र न्याय स्थापनाका लागि गरिने वा हुने द्वन्द्व (वा घटना) प्रधान रूपमा आएका हुन्छन् । समाजले बुझ्न नचाहेको विषयलाई बुझाउन पनि कथा लेखिन्छ । अर्को मानिसलाई केही बुझाउन र केही सुनाउनकै लागि कथा लेख्ने हो । कुनै विषयवस्तु वा मुद्दा फरक ढंगले भन्नका लागि कथाकारले विभिन्न शैली वा तरिका अपनाउन सक्छ ।
मानिसको मनमा विभिन्न आस्था र विश्वास घुसाउन हिजो पुर्खाले धेरै कथा रचे । ती कथामा हुँदा–नहुँदा घटना पनि छन् । त्यस्तै कथा सुन्दै आएका कतिपय मानिसले हुँदा–नहुँदा मिथ्या घटनामाथि गहिरो गरी विश्वास गरेका समेत छन् । ती मिथ्या विश्वासलाई चिर्ने गरी केही भन्न पनि आज कथाकै सहारा लिनुपरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
-
‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
-
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
-
पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु
-
कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा पोखरेल