मनहरी दुर्घटना : थप एक जना घाइतेको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका थप एक जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मध्ये थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
योसँगै शनिबार दिउँसो १ बजे भएको दुर्घटनामा परे मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । दुर्घटनामा घाइते भएकी राप्ती नगरपालिका–२ की सुनिता श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । श्रेष्ठको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा साँझ ५ः४४ बजे मृत्यु भएको हो । यसअघि दुर्घटनामा परेर उपचारको क्रममा हेटौँडा–४ का सुरेन्द्र लाल श्रेष्ठको मृत्यु भएको थियो ।
शनिबार दिउँसो १ बजेको समयमा मनहरी गाउँपालिका–६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा स्करपियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा १४ जना घाइते भएका थिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्करपियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । उनीहरूको चितवन स्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पछि स्करपियो चालक रौतहट घर भई हाल वीरगन्ज बस्ने किशन जैशवाल फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रवक्ता अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत