नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत
शनिबार, २७ पुस २०८१, १८ : ००

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नयाँ ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । शुक्रवारको मन्त्रिपरिषद्ले दुवै संगठनको ऐनको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको गृह मन्त्री रमेश लेखकले शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बताए ।
गृहमन्त्री लेखकले पद बहालीसँगै प्रहरी र सशस्त्रको नयाँ ऐन निर्माणमा जोड दिँदै आएका थिए । मन्त्रिपरिषद्मा पेस गर्नुअघि गृहमन्त्री लेखक नेतृत्वको विधायन समितिमा छलफल भएको थियो । सो विधेयक आगामी संघीय संसद्मा पेस गरिने मन्त्री लेखकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम