बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

आलमको घातक बलिङले फलोअनमा मधेस, आर्मीलाई १ सय २१ रनको अग्रता

शनिबार, २७ पुस २०८१, १७ : २९
शनिबार, २७ पुस २०८१

काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपमा मधेस प्रदेश त्रिभुवन आर्मी क्लबविरुद्ध फलोअनमा परेको छ । फलोअनमा परेको मधेसले पहिलो दिनको खेल समाप्त हुँदा बिना कुनै विकेटको क्षतिमा २ रन जोडेको छ ।

त्रिभुवन आर्मीले पहिलो इनिङ्समा २ सय २५ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ९ विकेटको क्षतिमा इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

आर्मीका लागि बसिर अहमद र भीम सार्कीले अर्धशतकीय इनिङ्स खेले । अहमदले ९८ बलमा सर्वाधिक ६७ रन जोडे । उनले ७ चौका हिर्काए ।

भीम सार्कीले ५३ रनको योगदान दिए । उनले ९३ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, ओपनर इमरान शेखले ७५ बलमा ४२ रन बनाए । उनले ८ चौका प्रहार गरे ।

मधेसका लागि रञ्जित कुमारले ५ विकेट लिए । १६.३ ओभर बलिङ गर्दै उनले ४४ रन खर्चिए । त्यस्तै, प्रदीप पासवानले २ विकेट तथा अभिषेक तिवारी र हरिशंकर साहले १–१ विकेट हात पारे । 

जवाफी ब्याटिङमा उत्रेको मधेस ३५.५ ओभरमा १ सय २ रनमा सीमित बन्दै फलोअनमा पर्‍यो । टोलीका लागि कप्तान हरिशंकर साहले सर्वाधिक ३१ रनको योगदान दिए । मयन यादवले ११, अभिषेक तिवारीले १३ तथा प्रदीप पासवानले १० रन जोडे ।

आर्मीका लागि सहाब आलमले १२ ओभर बलिङ गर्दै ६ विकेट लिए । सोमपाल कामी, आकाश चन्द, बसिल अहमद र पवन कार्कीले १–१ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप