भक्तपुरमा करिब ८ लाख रुपैयाँ बराबरको चोरी
शनिबार, २७ पुस २०८१, १६ : ५१

भक्तपुर । भक्तपुरमा शुक्रबार साँझ चोरी भएको छ । भक्तपुर नगरपालिका-९ कमलविनायक बस्ने ६९ वर्षीय रामकाजी गामबन्जारको घरमा चोरी भएको हो ।
चोरले नगद ३० हजार रुपैयाँ र सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ७ लाख ९९ हजार ८ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।