स्करपियो र कार ठोक्किँदा घाइतेमध्ये एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जना मध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा कार चालक मकवानपुर हेटौडा–४ स्कुलरोड बस्ने वर्ष ६० को सुरेन्द्र लाल श्रेष्ठको मृत्यु भएको हो । दिउँसो ३ बजेको समयमा चितवन स्थित भरतपुर अस्पतालमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
शनिबार दिउँसो १ बजेको समयमा मनहरी गाउँपालिका–६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा स्कर्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा १४ जना घाइते भएका थिए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्करपियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा कारमा सवार चितवन राप्ति नगरपालिका–२ गड्यौली बस्ने वर्ष ५५ को ओम कुमार श्रेष्ठ सोही स्थान बस्ने वर्ष ५० की सुनिता श्रेष्ठ, वर्ष २१ की सुमिना श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा स्कार्पियोमा सवार पर्सा वीरगन्ज महानगरपालिका–२ छपकैया बस्ने २६ वर्षीया पूजा देवी शाह, निजको छोरी वर्ष ८ की प्रियान्सी शाह, सोही स्थान बस्ने वर्ष २३ की सुरदी देवी, वर्ष २१ की निशा कुमारी शाह, वर्ष १५ को ओम शंकर शाह, वर्ष १९ को राजीव कुमार शाह, वर्ष १९ की आरती कुमारी शाह, वर्ष ४ की दिव्या कुमारी शाह, वर्ष १६ को सरोज शर्मा र वर्ष १९ की रोशनी शर्मा घाइते भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । उनीहरूको चितवन स्थित एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
-
जेजु एयर विमान दुर्घटना हुनुअघि नै ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको खुलासा
-
इलाममा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण
-
संसदमा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक
-
राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने
-
‘केही नयाँ चाहनुहुन्छ भने परिभाषा भत्किन्छन्’