ह्वाइट वासबाट जोगियो श्रीलंका

अकल्याण्ड । एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा घरेलु टोली न्युजिल्याण्डलाई हराउँदै श्रीलंका ह्वाइट वासबाट जोगिएको छ । शनिबार भएको खेलमा श्रीलंका १४० रनले विजयी बनेको हो ।
२ सय ९१ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड २९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रनमा सीमित बनेको थियो । टोलीका लागि मार्क च्यापम्यानले सर्वाधिक ८१ रनको योगदान दिए । उनले ८१ बलमा १० चौका र १ छक्का प्रहार गरे ।
अन्य ब्याटरले खासै ठुलो योगदान दिए सकेनन् । नाथन स्मिथले १७ रन, माइकल ब्रेसवेलले १३ तथा म्याट हेनरीले १२ रन जोडे । न्युजिल्याण्डलाई सस्तोमा समेट्न असिथा फर्नान्डो, महिष थिकसाना र इसान मलिंगाले ३–३ विकेट हात पारे । जनिथ लियानागेले एक विकेट लिए ।
यसअघि पाथुम निशांंका, कुशल मेन्डिस र लियानागेको अर्धशतकको मद्दतले श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९० रन जोडेको थियो । निशांकाले ४२ बलमा सर्वाधिक ६६ रन बनाए । उनले ६ चौका र ५ छक्का प्रहार गरे ।
मेन्डिसले ४८ बलमा ५४ रन बनाए । त्यस्तै, लियानागेले ५२ बलमा ५३ रनको योगदान दिए । कामिन्डु मेन्डिसले पनि ४६ रन जोडे ।
न्युजिल्याण्डका लागि म्याट हेनरीले १० ओभर बलिङ गर्दै ५५ रन खर्चेर ४ विकेट लिए । मिचेल स्यान्टनरले २ विकेट तथा नाथन स्मिथ र माइकल ब्रेसवेलले १–१ विकेट हात पारे ।
हारका बावजुद न्युजिल्याण्डले ३ खेलको शृङ्खला २–१ ले जितेको छ । यसअघि टोलीले टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि २–१ ले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
सरकारले हलुका रूपमा लियो कि शिक्षकहरूले मानेनन् ?
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो : उद्योग मन्त्री
-
भारतले बङ्गलादेशलाई दिँदै आएको ट्रान्ससिपमेन्ट सुविधा खारेज, नेपाललाई असर नपर्ने
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटन