मनहरीमा सवारी दुर्घटना, ८ जना घाइते
शनिबार, २७ पुस २०८१, १४ : १०

हेटौँडा । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शनिवार दिउँसो १ बजेको समयमा मनहरी गाउँपालिका–६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा स्कर्पियो र कार आपसमा ठोक्किँदा ८ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपियो र चितवन बाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ८ जना घाइतेलाई उपचारको लागि चितवनतर्फ पठाएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव
-
सेतो मच्छिन्द्रनाथको रथ वसन्तपुरमा
-
माओवादीको निष्कर्ष : सरकारको नालायकीपनले गम्भीर चुनौती
-
१० बजे १० समाचार : पूर्वउपराष्ट्रपति पासाङ बने माओवादीको उपाध्यक्षदेखि रवि लामिछानेलाई पक्राउ गर्न किन हतारसम्म
-
रहेनन् अग्रज पत्रकार भैरव रिसाल
-
देशभरका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने