शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय
कथा

जुम्लेको छाती

शनिबार, २७ पुस २०८१, १५ : ००
शनिबार, २७ पुस २०८१

पितापुर्खाका पालादेखि यो विकट र सुक्खा बस्तीमा पाँच–सात वर्ष बिराएर आइरहन्थ्यो अनिकाल । यसपालि पनि त्यो आयो । खडेरीले चैत सुकेर सिद्रो भयो । कविको भावुक संसारको मनोहर वसन्त यसपालि उराठलाग्दो गरी उजाड देखियो । बाँसझ्याङ पहेँलिए । दुर्लभ कुवाहरूमा कमिला हिँडे । कोइलीले खालि बिलौना मात्र गायो । सुक्खा धर्तीमा विधुवाको सिउँदोको चित्र कोरियो । कताकति उड्दै गरेका कागधरी धर्तीमा पछारिए । चारैतिर मुटु चिर्ने कोलाहल मच्चियो । 

गरिब किसान प्रायः अनिकालमै जन्मिन्थ्यो । अनिकालसंँग जुध्दै जुनी बिताउँथ्यो । र, अनिकालको डसाइबाट ढल्थ्यो । आइरहने अनिकालप्रति मानिसहरू किञ्चित् उदासीन थिए । जीवनभक्षी रूप धारण गर्दै आखिर त्यो आइहाल्छ । नसामा तागत र फोक्सोमा दम छउन्जेल त्यससँग जुध । सन्जोगले साथ दिए त्यसको मुखबाट उम्क । नदिए धरतीमा गल्र्याम्म ढल । अनि आँखा लोजाउँदै गएका आफन्तहरूबाट सधैँका लागि बिदा होऊ । प्रियजनहरू एक धरो कात्रोधरी किन्न सक्दैनन्, अन्त्येष्टि किरिया गरुन् कसरी ?

झन्डै आधा घण्टा परको धारोबाट कम्मरमा गाग्री बोकेर जुम्लेकी काली धर्मराउँदै आइपुगी । गाग्री बिसाएर उसले लामो सुस्केरा हाली । अनि ऊ पोइ जुम्लेका अगाडि थ्याच्च बसी । जुम्ले पिँढीको एक छेउमा टुक्रुक्क बसेर टाँकीका मुन्टा केलाउँदै थियो । 

कालीको उपद्रै बढेको सास मत्थर भयो । अनि पोइको कानैनेर मुख लगेर उसले साउती गरी, ‘सुन्यौ हर्केका बा ? हिजो राति पल्लो गाउँमा डाँका उठेछ ।’

‘हँ ?’ जुम्लेले ठाडा कान लगायो । 

‘सिङ्गो गाउँ उठेर भुँडे मुखियाका घरमा खनिएछ ।’ जुम्लेकी काली बेलीविस्तार लाउन थाली, ‘मुखियाको ढोका तीन चिरा परेछ । अनि सारा जेथो स्वाहा भएछ । कस्तो जमाना आयो परमेश्वरी माई ! केहीले नपुगेर अब डाँका उठ्यो !’

‘उठ्छ,’ जुम्लेले भन्यो, ‘हेर्दै जा न अरु के के उठ्दो रहेछ । परान जोगाउन मान्छेले जे पनि गर्छ । घरभित्रको अन्नपानी त के माटामुनि केही छ भने पनि खोसे्रर खाने बेला आइसक्यो । कुन दिन मान्छेले मान्छे खान थाल्छ ।’

‘अचम्म !’ आश्चर्यको भावमा जुम्लेकी कालीले भनी, ‘ज्यान हत्केलामा राखेर मान्छे अन्नपानीमाथि खनिए । हरे ! अन्न खान खोज्दा अन्नैले ज्यान खायो ।’

‘किन ? ज्यान पनि तलबितल परेछ र ?’ 

‘मेरी बास्सै !’ कालीले करुणाजनक स्वरमा भनी, ‘आँगनभरि लासैलास सोत्तर । देख्दैमा रिँगटा लाग्ने, सुन्दैमा मन बाउँडिने । अनि हर्केका बा,’ उसले साउती गरी, ‘भुँडे मुखिया पनि खसेछन् !’

‘कोही जिउँदो नरहने भो हर्केका बा ।’ टाटीको भित्तोमा मुन्टो अड्याएर जुम्लेकी कालीले औडाहा पोखी, ‘खाने कुरा केही बाँकी रहेन, हर्केका बा । मान्छेले वनको कन्दमूल, गिठ्ठा–भ्यागुर सबै निमिट्यान्न पारे । कति त बाँको खाएर मरे । टाँकीका मुन्टाधरी अब बाँकी रहेनन् ।’

‘खसोस् पापी बजिया,’ जुम्लेले खुच्चिङको भाव पोख्यो, ‘त्यो पापी नर्कको पिँधैमा डुब्ने गरी खसोस् । एक गाँस अन्न नपा’र दुनियाँ प्याकप्याक मरिरा’छ । भकारीमा अन्न कुवाएर राख्ने त्यो ! त्यस्ता नखसे अरु को खस्छन् ?’

‘अनि अड्डा उठेछ,’ डर मान्दै कालीले भनी, ‘भुँडे मुखियाका घराँ त पल्टनको पो ओइरो लाग्या छ है । अब के के उपद्रोे हुने हो... ।’

‘ए, पल्टन पनि आइसके ?’ खिन्न मुद्रामा जुम्लेले भन्यो, ‘सिङ्गै गाउँ भुतुभुतु मर्न लाग्दा कसैलाई तातो लागेन । परान जोगाउन एक मुठी चारो हात पार्न खोज्दा अब पल्टन ल्याए । तिनको भस्मखरानी होस् !’ 

जुम्लेको साइँलो छोरो झुपडीभित्रबाट धर्मराउँदै निस्क्यो । नसा फुलेको चोयोजस्तो घाँटी । चिम्टाजस्ता खुट्टी । दाबिलो लागेको पेट । खडेरीको कुवाजस्ता आँखा । खुकुरीको धारजस्तो नाक । एक थुप्रो हाडछाला मात्र थियो जुम्लेको साइँलो, बिचराको आँखाको नानी । बाको छेउमा आएर साइँलो उसको जीउमाथि ढल्यो । बाबुले उसलाई काखमा सुतायो । 

‘भोकले मरेँ बा, मरेँ !’ सुसाइको स्वरमा साइँलाले भन्यो, ‘मलाई रिँगटा लाग्यो बा । मेरा आन्द्रा बटारिए, पिँडुला बाउँडिए ।’

‘हरेस न खा, छोरा !’ जुम्लेले छोराको कपाल मुसार्दै आँट दिन खोज्यो, ‘तँ हरेस न खा ।’ 

‘म देख्न छाडेँ बा,’ साइँलाले मडारिँदै भन्यो, ‘मेरा आँखा धमिलिए । जता हेरे नि म खालि काला, पहेँला धब्बा देख्छु ।’

‘पख् केटा,’ जुम्लेले ढाडस दिँदै भन्योे, ‘म यी टाँकीका मुन्टा उसिन्छु । अनि खाऊँला ।’

‘कोही जिउँदो नरहने भो हर्केका बा ।’ टाटीको भित्तोमा मुन्टो अड्याएर जुम्लेकी कालीले औडाहा पोखी, ‘खाने कुरा केही बाँकी रहेन, हर्केका बा । मान्छेले वनको कन्दमूल, गिठ्ठा–भ्यागुर सबै निमिट्यान्न पारे । कति त बाँको खाएर मरे । टाँकीका मुन्टाधरी अब बाँकी रहेनन् ।’

‘तँ ज्यास्ती गन्गन् नगर्,’ जुम्ले झक्र्यो । स्वास्नी साँचो कुरा भन्दै छे, यो उसलाई थाहा थियो । तर विपत्तिको बयान सुनेर हरेस खान उसलाई मन थिएन । ‘सास छउन्जेल आस हुन्छ, काली,’ उसले सम्झायो, ‘दुःखका कुरालाई जति तन्कायो चित्तलाई त्यसले त्यति नै खुम्च्याउँछ । ल, झट्पट् आगो जोर् र यी मुन्टा उसिन् । बुझ्नेले यसरी अलाप–बिलाप गर्न थाले नबुझ्नेले कसो गर्लान् ?’ 

‘कतै केही बाँकी रहेन,’ काली आफ्नै सुरले फतफातइरही, ‘हरियोपरियो सप्पै नामेट भो । चरा–मुसा कतै रहेनन् । मान्छेले पाँच पाथी कोदोमा जो भएको एक फोक्टो समेत जुवा खेलिसके । अब ज्यान बेच्न मात्रै बाँकी छ । अब डकैती, मारामार, अनि... ।’

जुम्लेकी कालीले विरक्तलाग्दो गरी सुस्केरा हाली । स्याउँस्याउँती सन्तानकी आमा ऊ । त्यसमाथि सुकेनासले ऊ सिठ्ठ भएकी थिई । जुम्लेले सम्झायो, ‘हातखुट्टा छाडेर विपत् टर्दैैन बुढी । उठ्, चाँडो मुन्टा उसिन् । अनि निकालौँला जुक्ति ।’

जुम्लेको फुकिढल हर्के ढुकुरका एकजोर बचेरा लिएर हर्कले फुरुङ्ग पर्दै आइपुग्यो । 

‘साइँला,’ काखका छोराको मुन्टो उठाउँदै जुम्लेले भन्यो, ‘हेर्, दाजुले के ल्यायो ? ल, सिकार खान उठ् ।’

‘मेरा कान नखा गन्दे,’ पिच्च थुक्दै मुखियाले दच्कायो, ‘मेरा घराँ तैँले भकारी जमाथिस ‘कोही जिउँदो नरहने भो हर्केका बा ।’ टाटीको भित्तोमा मुन्टो अड्याएर जुम्लेकी कालीले औडाहा पोखी, ‘खाने कुरा केही बाँकी रहेन, हर्केका बा । मान्छेले वनको कन्दमूल, गिठ्ठा–भ्यागुर सबै निमिट्यान्न पारे । कति त बाँको खाएर मरे । टाँकीका मुन्टाधरी अब बाँकी रहेनन् ।’ पाजी ? जति गर्‍याथिस्, त्यसको दश खण्ड बढी घिचिसकिस् । अझ घस्छस् चिप्लो ।’

साइँलाले न हलचल गर्‍यो, न आँखा उघार्‍यो । उसको सास बढ्दै गयो । छाती घ्यार्घ्यार् गरेको सुनियो । ननिको शंकाले जुम्लेको चित्तमा औडाहाका चिसा लहर उठे । उसको छाती निसासियो र वाक्य ओठैमा मडारियो । अलिबेरमा जुम्लेका सबै भोका लालाबाला उसको वरिपरि झुम्मिए । 

‘एक्कैछिन मन बाँधेर बस बाबै हो !’ लालाबालाई फकाउँदै जुम्लेले भन्यो, ‘पख, म मुन्टा उसिन्छु, सिकार पोल्छु । अनि खाउँला ।’ 

‘ज्यानमा आगो लागो, परमेश्वरी !’ जुम्लेकी कालीले आँखा चिम्लेको चिम्ल्यै शुष्क स्वरमा भनी, ‘अब के के हुने हो ?’

फ्वाँफ्वाँ आगो फुक्दै जुम्लेले भन्यो, ‘यस्तै चाल हो भने अब मान्छेले खान्छ, अरु के हुन्थ्यो नै ?’

पायकमा एक मुठी पानी छैन । थालमा एक गाँस ढिँडो छैन । भोका लालाबालालाई हेर्दै जुम्लेकी कालीले आँसु पुछी । ज्यानको मायाँले जुम्ले साँझपख छिमेकी अन्तरे मुखियाको पाउमा बिन्ती बिसाउन पुग्यो । 

‘ज्युादै छस्, जुम्ले बजिया ?’ मुखियाले ठाड्ठाडै सोध्यो । 

‘ज्यू–ज्यू,’ तालु मुसार्र्दै जुम्लेले जबाफ दियोे, ‘ज्यू बिस्ट ।’

भुँडे मुखियाको ज्यान पर्वमा तैँले पनि हात हालिछस्, होइन गन्दे ?’ जुम्लेलाई आँखाले डस्दै उसले भन्यो, ‘छिमेकी होस्, मौकाँ काम लाग्लास् भनेर यस कालबाट मैले तँलाई जोगाएँ ।’

‘उहुँ !’

‘अब मेरो ज्यान लिन्छौ होला होइन, डाँका हो,’ रिसाहा स्वरमा अन्तरे मुखियाले भन्यो, ‘कतै यसो चियो गर्न पठाएका त होइनन् तँलाई ?’

‘मलाई त्यताट्टिको कुरो फुट्टी थाहा छैन, बिस्ट ।’ जुम्लेले चनाखो हुँदै भन्यो, ‘म त हजुरका पाउमा बिन्ती बिसाउन आ’को ।’

‘ए, तँलाई थाहा छैन ?’ मुख बिगार्दै मुखिया गज्र्यो, ‘भूमिगतका दुष्टहरूले दुनियाँलाई उरालेको कुरा तँलाई थाहा छैन ? कुरा गर्छस् छुसी ! दुधको साछी बिरालो तँ... ।’

जुम्ले अन्तरे मुखियाको मुख हेरेर मनमा के के कुरा गुन्दै चुपचाप बसिरह्यो । 

‘के भन्न आइस् त जुम्ले ?’ छिनभरको मौनतापछि मुखियाको बक् फुट्यो ।

‘जहान–केटाकेटी थला परे मुखिया । मेरो जहाज डुब्ने भो ।’

‘डुब्ने भो त मसँग के भन्छस् ? म आफैँ डुब्या कल्ले देखिदेओस् ?’

पर्सिपल्ट राजधानीको एउटा समाचारपत्रले भँगेरा टाउके अक्षरमा समाचार छाप्यो, ‘महान् जनसेवी अन्तरे मुखिया कुतत्त्वहरूका हातबाट अस्ति साँझ परमधाम भए ।’

‘जिन्दगीभर हजुरको चाकरी गरेँ । बिपत पर्दा म कोसँग रुन जाऊँ, सर्खार ?’

‘धन्न मैले आजसम्म तेरो परान बचाइदिएँ भन्न छुसी, के को चाकरी ?’ 

‘मेरो ज्यान हजुरकै धन हो बिस्ट,’ जुम्लेले बिन्ती बिसायो । ‘मेरो बिन्ती छ ।’

‘तैले अन्नको कुरा गर्‍या होस् ?’ तिरस्कारको भावमा मुखियाले केरकार गर्‍यो । 

‘ज्यू–ज्यू ।’ जुम्लेका चित्तमा आशाको झिल्को उठ्यो ।

‘असम्भव,’ मुखियाले नकार्‍यो, ‘मुर्दा बौरिन्छ भने नि मेरो घरबाट एक गेडो अन्न निस्किँदैन, जुम्ले । लामो कुरा किन ?’

‘बिस्ट !’ जुम्लेले दश औँली जोड्यो । ‘गरिबगुर्बालाई मर्दापर्दा हेरिदिने बिधाता हजुर छाडी को छ र ?’

‘चिप्ला कुरा नगर्, चमारे ।’ मुखिया कड्क्यो, ‘उस्तै परे मलाई ढाल्न आउने पहिलो हुल्याहा तैँ होलास्, अहिले हत्ते हाल्छस्. ।’

‘अहो ! त्यस्तो पाप चिताको भए, बिस्ट, मलाई यिनै अग्निले भष्मखरानी पारुन् ।’ 

‘हेर् जुम्ले, अन्न त्यसै पाउन्नस् ? तेराँ यसो हाँडाभाँडाँ क्यै छन् ?’

‘छैनन् प्रभु !’ हारेको स्वरमा जुम्लेले भन्यो, ‘जे थिए, ती सबै सकिए । अब छाला काडे हाड देखिन्छ, मुख च्याते दाँत देखिन्छ ।’

त्यसो भए छैन, छैन ।’ नाक खुम्च्याएर मुखियाले मुन्टो हल्लायो, ‘एक पित्को क्यै छैन । तँ अन्तै जा, गइहाल् ।’

जुम्ले निसासिँदै उठ्यो । तर उसका डेग चलेनन् । अहो ! लालाबालाका ख्याउटे अनुहार, तिनका धमिला आँखा, तिनका करुण स्वर ! भाउन्न हुने गरी उसलाई रिँगटा लाग्यो । टाउको समात्दै थचक्क बस्यो ऊ । अनि घुँडामा हात राखेर मरितरी उठ्दै उसले फेरि बिन्ती बिसायो, ‘मुखिया ! मैले हजुरलाई यो चोला नै अप्र्या छु । मलाई पर्दा हजुरले नहेरे अरु कल्ले हेर्ला खोई ?’

‘मेरा कान नखा गन्दे,’ पिच्च थुक्दै मुखियाले दच्कायो, ‘मेरा घराँ तैँले भकारी जमाथिस् पाजी ? जति गर्‍याथिस्, त्यसको दश खण्ड बढी घिचिसकिस् । अझ घस्छस् चिप्लो ।’

‘भर्सेलै परोस् !’ जुम्लेले मनमनै भन्यो र निराशाको पर्वत बोकेर ऊ बाटो लाग्यो । अँध्याराका मुस्ला उसका आँखा अगाडि मडारिए । 

०००

जुम्लेको साइँलो साँझ ६ बजे खस्यो । 

‘नरोऊ हर्केकी आमा ।’ छिमेकी खत्री माइलाकी जहानले सम्झाउँदै भनी, ‘बिलौना गरेर ज्यान नसुकाऊ, कान्छी । दुःखै लुकायो बरा ! बालखले धेरै छट्पटाउनुपरेन । मन बुझाऊ हर्केकी आमा— यो भाग्यमानी र’छ । बालखले कुहेर स्याल–गिद्धको आहारा हुनु त परेन कि !’

जुम्लेकी जहान उठ्नै नसकी घुँँक्क–घुँक्क रोई । टाटीका भित्तामा अडेस लागेर शून्यमा आँखा टोलाउँदै जुम्ले चुपचाप बसिरहयो । उसले तल्लो ओठ टोकेको थियो । उसले बेचैन आँखा अगाडि देख्यो, ऊ कालको विकराल ढोका घुरुक्क उघ्य्रो । उसको साइँलोलाई ढोकाले निल्यो, अनि काखकोलाई, अनि हर्केलाई अनि हर्केकी आमालाई अनि... अनि... । जुम्लेले कहालिँदै सुस्केरा हाल्यो । अनि उसका आँखा आँसुको सानो कुवामा चुर्लुम्म डुबे । 

‘नरोऊ हर्केकी आमा,’ खत्री माइलाकी जहानले रुन्चे स्वरमा भनी, ‘नरोऊ, नरोऊ । यस बालखले बाटो सोझ्यायो । बाँचुन्जेल यल्ले कसैलाई पीरपिराऊ गरेन । यल्ले कसैको क्यै बिगारेन । यो स्वर्गै जाला हर्केकी आमा, मन नदुखाऊ । बाटो सप्पैको त्यै हो । क्वै लोभले गर्दा काटिए, क्वै अर्काको लुट्न खोज्दा पल्टनका मुठ्ठीमा परे । तर यस बालखले कहिल्यै कसैको चित्त दुःखाएन, हर्केकी आमा ! मुसुक्क हाँस्दै ‘माइली बज्यै’ भन्थ्यो बबुरो । कालो अनुहारमा सेता दाँत कति उज्याला देखिन्थे, हर्केकी आमा । आफ्नै छोरोजस्तो लाग्थ्यो मलाई यो बिचरो ।’ खत्री माइलाकी जहान आफैँ पिल्पिल् रुन थाली । अनि आँसु पुछ्दै उसले भनी, ‘नरोऊ, नरोऊ । संसार हेरेर मन बुझाऊ ।’

साँझ पर्‍यो र अँध्यारो भयो । अँध्याराको मुस्लो ओडेर जुम्ले रातैभरि साइँला छोराको चीसो लासको छेउमा आँगनमा पल्टिरह्यो । घरी मडारिँदै, घरी बर्बराउँदै, घरी बिचेत–बिचेत हुँदै । 

०००

पूर्व उज्यालो भयो । जुम्लेको बेहाल दिल र शिथिल ज्यानलाई बिहानीपखको शीतल हावाका लहरले मुसारे । जुम्लेको चेत फक्र्यो । झसङ्ग हुँदै उसले छोराको लास छाम्न खोज्यो । तर बालखको लास त गाँठ्ठे ! अघि नै बेपत्ता भएछ । जुम्लेको मुटु चसक्क दुख्यो र ऊ शोकले ब्याकुल हुँदै मुर्छा पर्‍यो ।

छर्लङ्ग उज्यालो भयो र घाम झुल्क्यो । झुल्के घामका मनताता, जीवनदायी किरणले जुम्लेका नसा–नसामा हलुका प्राण सञ्चार गरे । 

जुम्ले उठ्यो । उसले आङ तान्यो, आँखा मिच्यो र यताउति पल्याकपुुलुुक हेर्‍यो । अनि खिन्न चित्तका साथ गोडा तन्काउँदै ऊ मरीतरी उठ्यो र लर्‍याङतर्‍याङ गर्दै आफ्नो रामझुपडीभित्र पस्यो । झुपडीभित्रको दोछायाँमा लासै सरी अलपत्रसँग लम्पसार परिरहेका सबै दुखियालाई जुम्लेले पालैपालो छाम्यो । यस घडीसम्म ती सबै ज्युँदै थिए । तर कसैका परेली झिम्किरहेका थिएनन्, कसैका ओठमा वाक्य थिएन । जुम्लेले मूर्तिझैँ ठिङ्ग उभिएर आँखै नझिम्क्याई चित्त कटक्क काट्ने त्यो दृश्य टुलुटुलु हेर्‍यो । उसकी काली उत्तानो परेर पल्टेकी, भुइँमा घुँडा मारेर उसको काखको चिचिलो एक हातले आमाको दूधको एउटा लाम्टो समातेर अर्को लाम्टो चुसिरहेको, उसका नाकका पोरा सुस्तरी चलिरहेका । त्यो दुर्दशा देखेर जुम्ले मर्माहत भयो । अनि ढुनमुनिँदै ऊ बाहिर निस्क्यो । आँगनको डिलमा बसेर उसले दुई हत्केलाले मुख छोप्यो र के के गम खायो । आफ्नै घर उसलाई बिरानो लाग्यो, एकदमै बिरानो । आफ्नै हृदय उसलाई आफ्ना जति सबैले छाडेर गएको रित्तो र उराठलाग्लो लाग्यो । पारी पाखामा कोइलीले को हो, को हो को उही पोहोरकै विरहलाग्दो राग अलाप्यो । 

मनमा के विचार आयो कुन्नि जुम्ले हत्तपत्त उठेर फटाफट झुपडीभित्र पस्यो । मैलो सिरानीमुनिबाट उसले दाप सहितको खुकुरी फुत्त झिक्यो । लक्का जवान छँदाको जस्तो चुरीफुरीसाथ खुकुरी कम्मरमा भिर्‍यो । अनि स्वास्नीलाई टाउको समातेर हल्लाउँदै उसले डाक्यो, ‘हर्केकी आमा ! हर्केकी आमा !’ हर्केकी आमाले बडो मुस्किलले आँखा उघारी र आँखाकै भाखाले सोधी, ‘के ?’ 

‘ल, म हिँडे ।’ जुम्लेले भन्यो । 

कालीले आँखाको इसाराले सोधी, ‘कहाँ?’ 

‘मर्नै परेपछि अब खुट्टा तन्काएरै मर्छु,’ जुम्लेले भन्यो, ‘अन्तरे मुखियालाई म आज ठुन्क्याउँछु । जिन्दगीभरको हिसाप आज म चुक्ता गर्छु ।’ 

उसकी कालीले हातको इसाराले भनी, ‘भो हर्केका बा, त्यसो नगर । नगर, नगर, त्यसो नगर ।’

जुम्ले हान्निदै आँगनको पल्लो छेउमा पुग्यो । अनि टक्क अडियो । अनि यसो केही गमेर फटाफट झुपडीको दैलोमा पुग्यो । र, झुपडी हल्लिने गरी चिच्यायो, ‘तिमीहरू कसैले हरेस नखानू, सुन्यौ ? म छु । म क्यै न क्यै नगरी छाड्दिनँ ।’ कम्मरमा खुकुरी भिरेर ऊ अन्तरे मुखियाको घरतिर हान्नियो । जुम्लेले मुखियाको आँगनका दुई सुरमा दुईजना पुलिस देख्यो । दुबै लक्का जवान, दुबैका हातमा बन्दुक । ती चारोटै आँखाले कालले झैँ आफूलाई हेर्दा जुम्ले झसङ्ग भयो । अन्तरे मुखिया घरभित्रबाट बहिर निस्केको देख्नासाथ जुम्लेको हात चिलायो । उसलाई कम्मरको खुकुरी आफैँँ सलबलाउन लागेजस्तो लाग्यो । उसको मनमा एक लहर तस्बिरहरू झल्याकझुलुक देखापरे । उसका साइँलाको लास कतै अलप भएको, भित्र बालख डरलाग्दो गरी नाकका पोरा फुलाउँदै आमाको सुकेको लाम्टोमा झुन्डिरहेको र आमाचाहिँ गाह्रोसँग सास फेर्दै, फिँज काढ्दै आँखा पल्टाउन थालेकी । अनि अरु सन्तान... ।

‘तैँले क्यै गर्नुपर्छ जुम्ले । गर्नैपर्छ ।’ जुम्लेका कानमा अन्तरआत्माको पुकार गुन्ज्यो । उसको जीउभरि खल्खली पसिना आए । 

‘ज्युँदै छस्, जुम्ले बजिया ?’ ओठ चाट्दै अन्तरे मुखियाले सोध्यो । 

‘साइँलाले हिजै छाड्यो मुखिया बाजे !’ जुम्लेले आँसुमा भिजेको स्वरमा भन्यो, ‘बाँकी जम्मै कालको मुखैनेर पुगिसके बिस्ट । म फेरि हजुरका पाउमा पुकारा गर्न आएँ ।’

‘तेरो के भन्ने सुर छ त ?’ आँगनका दुई सुरमा उभिएका आफ्ना ज्यान रक्षकलाई पालैपालो हेर्दै मुखियाले सोध्यो, ‘छैन भनेपछि तँलाई बाह्र खेप दोर्‍याएर भन्नुपर्छ, सुँगुर ?’

‘जुम्लेले आजसम्म कसैका मुखेन्जी हात पसारेको थेन, बिस्ट । आजसम्म यस ज्यानले कसैको एक गेडो अन्न खा’थेन । यो ज्यान इमान–जमानमा कहिल्यै चुक्या छैन । जुम्लेलाई काम दिनोस् ।’ छातीमा हात राख्दै उसले भन्यो । 

‘झिँगाका लात्तीले ढल्ला जस्तो रूप छ, तैँले के काम गर्लास् ?’

 ‘यस छातीमा आँट छ, बिस्ट ।’ दुवै हात छातीमा राख्दै जुम्लेले भन्यो, ‘हिम्मतहारा होइन जुम्ले । आफूलाई मेटेर भए नि म लालाबालाको रक्खे गर्छु ।’

‘छैन, क्यै काम छैन ।’ ओठ लेब्य्राउँदै अन्तरे मुखियाले भन्यो, ‘धानको बीउ ब्याडमै सुकिसक्यो, भुत्रो काम गर्छस् ? ’

‘पोहोरको बाढीले हजुरको खेत खानुहार खायो, बिस्ट ।’ गम्दै जुम्लेले भन्यो, ‘म खेत बिराउँछु, निमेक दिनोस् ।’

‘सक्लास् र ?’ मुखियाले जुम्लेको टुप्पीदेखि पैतालासम्म सरक्क हेर्दै भन्यो, ‘म पत्याउँदिनँ ।’ 

‘सके निमेक थापुँला, नसके त्यै बगरलाई यो ज्यान चढाउँला बिस्ट ।’ जुम्लेले भन्यो । 

‘उसोभए औजार बोक् ।’ 

जुम्लेले घन, खन्ती र कोदालो दुई काँधमा बोक्यो । जुम्लेको मनमा आशाको ज्योति बल्यो । बगरमा दुईचार जना खेताला काममा लागिसकेका रहेछन् । अन्तरे मुखियाले चारकिल्ला बाँधेर बगरमा साँध लगायो । 

‘हेरु यत्ति सकिस् भने चार माना कोदो पाउलास् ।’ मुखियाले हुकुम दियो । ‘ढुङ्गाजति सनक्कै आलीमा थुपार्नू । पानी जम्ने गह्रा पार्नु, सुनिस् । तर हेर्, मेरो बगरले तेरा ज्यानको भोग मागेको छैन नि ।’ 

मुखिया खोलामाथिको थुम्कोमा बसेर हेर्नथाल्यो । 

जुम्लेले खोलामा गएर पाँच अँजुली पानी खायो । उसको पेट उदेकलाग्दो गरी चिसो भयो र आन्द्रा कुलुलुलु कराएको उसले सुन्यो । उसलाई रिँगटा लागेजस्तो, मात लागेजस्तो, कस्तो–कस्तो बिछट्टको अनुभव भयो । अनि घन उचालेर न्वारनदेखिको बल झिक्दै ऊ ढुङ्गा फोर्न थाल्यो । पाँचोटा ठिक्कका ढुङ्गा फोरेपछि ऊ भाउन्न भएर लड्यो । उसले हातगोडा फटफटायो । मुखिया थुम्कोमाथि छाता ओढेर मस्तसँग निदाएको थियो । मुखिया मखलेल थियो । यसपाला उसको इज्जत हलक्कै बढ्यो । अनिकालको डढेलोले उसको आँगनमा अन्न–रक्षक जवानहरू ल्याइपुर्‍यायो । कति उदार सरकार !

अनिकालको राज चलेको गाउँमा अब आतङ्कको राज फैलियो । आतङ्कको घोडामा सवार भई अन्तरे मुखियाको नाउँ राष्ट्रिय तहसम्म उक्सियो । ऊ खेतालाहरूलाई अरनखटन गरेर घरतिर उकालो लाग्यो । उसलाई जुम्लेको हेक्का रहेन ।

जुम्लेको चेत फक्र्यो । मनमा उसको रामझुपडीको दृश्य फेरि झलझली देखापर्‍यो । आँगनबाट उसका साइँलाको लास अलप भएको । भित्र उसका आँखाका नानीहरू लास सरी लम्पसार परेका । काखको बालख डरलाग्दो गरी नाकका पोरा फुलाउँदै आमाको सुकेको लाम्टो लुछिरहेको । आमाचाहिँ सकी–नकसी सास फेर्दै, फिँज काढ्दै, आँखा पल्टाउन लागेकी । उराठलाग्दो सुनसानले निल्दै लागेको मसानघाट जस्तो उसको रामझुपडी !

‘तैँले क्यै त गर्नुपर्छ, जुम्ले । गर्नैपर्छ ।’ जुम्ले बल्लतल्ल उठ्यो । उसले बीस–पच्चीस कोदालो माटो खोस्य्रो । फेरि उसका पिँडुला लल्याक–लुलुक हुँदै गए । खोला पारिको पहरो र छेउछाउको वन सलल्ल बगे । उसका निम्जा आँखाबाट काला, पहेँला धब्बाहरू निस्कँदै गए । रिँगटाको भुमरीमा परेर जुम्ले थचक्क बस्यो । छाती भिजाउन खोलातिर जान उसका हातखुट्टा लागेनन् । ऊ हात–पाउ टेकेर बिस्तारै घस्रिँदै खोलामा पुग्यो । अर्ध बेहोसीको त्यो अवस्थामा पनि उसले कोदालाको बिँड छाडेन । लग्यो घिस्याउँदै । 

जीवनको माया अचम्मकै चिज रैछ !

जुम्लेले घुँडा मारेर देब्रे कुइनो टेक्दै दाहिने हत्केलाले घट्घट् पानी खायो । रिँगटा उस्तै थियो । भीरपहरा र रनबन बगिरहेकै थिए । आँखाबाट रङबिरङका धब्बाहरू निस्कँदै थिए । तैपनि जुम्लेलाई अलि शीतल अनुभव भयो । ऊ फेरि उसै गरी मेलोमा पुग्यो । ऊ उठ्यो अनि ढल्यो । फेरि उठ्यो अनि फेरि ढल्यो । जीवन–मरणको संघर्षको त्यो घडीमा जुम्लेका अगाडि रामझुपडीको उही दृश्य देखापर्‍यो । आँगनबाट उसका साइँलाको लास अलप भएको । काखको बालख डरलाग्दो गरी नाकका पोरा फुलाउँदै आमाको सुकेको लाम्टो लुछिरहेको । आमाचाहिँ गाह्रोसँग सास फेर्दै, फिँज काड्दै, आँखा पल्टाउन थालेकी । उराठलाग्दो सुनसानले निल्दै लागेको मसानघाट जस्तो उसको रामझुपडी ! 

जुम्लेले लम्पसार परेर चिसिन इन्कार गर्‍यो । ऊ घुँडा टेकेर कोदालाले माटो तान्न थाल्यो । एकपटक, दुईपटक, तीनपटक... । उसले माटो तान्यो, तानिरह्यो । ऊ फेरि ढल्यो । अब भने ऊ पारिका भीरपहरा, रनबन बगेका देख्न छोड्यो । उसका आँखाबाट खालि काला–काला मुस्लाहरू लहरमाथि लहर हुँदै उडिरहे । जुम्ले इन्तु न चिन्तु भयो ।

दिन ढल्क्यो । घाम ओइलाउँदै गयो । खोलाका शीतल सुस्केराहरूले जुम्लेको सिद्रो सरिको सुक्खा आङ मुसारे । उसका नसा–नसामा फेरि प्राण सञ्चार भयो । शुष्क मनमा आशाको ज्योति फेरि एकचोटि धपक्क बल्यो । ऊ उठ्न खोज्यो । एकपल्ट, दुईपल्ट, पाँचपल्ट । उसका अदम्य आशालाई यसपाला भने उसको जर्जर ज्यानले थेग्न सकेन । उसका आँखासामु उही रामझुपडीको दृश्य झल्याकभुलुक देखापर्‍यो । सबै लम्पसार । आमाको छातीमा बालखको दुर्दशा । आमाको घाँटी घ्यारघ्यार । उराठलाग्दो मसानघाट जस्तो उसको मायाको रामझुपडी !

जुम्लेको चित्तमा पानीको तिर्सना जाग्यो । तर हात–पाउ टेकेर पनि ऊ चल्न सकेन । अनि हातमा कोदालाको बिँड समातेको समात्यै सर्पभैmँ एकएक इन्च घस्रिँदै ऊ खोलामा पुग्यो । तर उसले घुँडा र कुइनो टेकेर पनि पानी खान सकेन । घोप्टो परेर, मुखै खोलामा गाडेर उसले पानी खान खोज्यो । तर उसको घाँटी अनकनायो, नसा बटारिए, पिँडुला बाउँडिए । हत्ते हाल्दै उसले एक अँजुली पानी निल्यो । अनि बल्लतल्ल मुख झिक्दै ऊ अलिबेर तातो बगरमा माछोझैँ छटपटायो । उसका अङ्गप्रत्यङ्ग शिथिल भइसकेका थिए । तर मान्छेको सृष्टिदेखि आजसम्मका सबै आशा र उत्साह उसको मनमा एकै डल्लो परे र त्यहाँ फेरि जीवन–ज्योति एकबाजी धपक्क बल्यो । मरेकाट्टे हिम्मत हार्न नमान्ने जुम्लेले फेरि एक–एक इन्च घस्रिँदै, बिचेत हुँदै, फेरि घस्रिँदै र फेरि पनि बिचेत हुँदै दश पाइलाको दूरी आधा घन्टामा छिचोल्यो । अनि छामछाम–छुमछुम गर्दै घनको टाउको छोएपछि उसले जीतबाजीको भावमा हर्षको सुस्केरा हाल्यो । 

जुम्लेले कोदालाको बिँड अँठ्याउन खोज्यो । तर उसका औँला लल्याकलुलुक भइसकेका गिए । ऊ पूरै गल्यो र धर्तीको छातीमा गल्र्याम्मै ढल्यो । धर्ती काम्यो । जुम्ले उठेन, उठ्दै उठेन । एक हातले कोदालो र अर्को हातले घन समातेको समात्यै जुम्ले चिर निद्रामा लीन भयो । चिसा सुस्केरा हाल्दै खोलो बगिरह्यो । पारिका भीरपहराहरू उदास दृष्टिले जुम्लेलाई हेरिरहे । हावाका लहरसँगै वनका पातहरू हल्लिए । मानौँ ती सब भन्दै थिए— बिदा जुम्ले, बिदा । 

भोलिपल्ट सखारै अन्तरे मुखिया राइफलधारी ज्यानरक्षक जवानका साथ जुम्लेको रामझपडीमा पुग्यो । उसले गाउँबाट पाँचजना सार्कीलाई डाकेको थियो । 

‘यी लास कतै एकलासमा लगेर गाड ।’ मुखियाले अह्रायो । अनि ढोकाबाट यसोक्क मुन्टो छिराउँदै घरका ससाना खाँवा, डाँडाभाँटा, बला, टेका आँखै आँखाले तौल्यो ।

सार्कीहरूले मुखियाको आज्ञा मान्न आनाकानी गरे । पहिले नसामा दम छैन भनेर तिनले अत्तो थापे । अनि पाँच पाथी कोदो नभई हुँदैन भनेर घुर्की लगाए । अपहत्ते भएर मर्नेहरू प्रेतमा फेरिएलान् र तिनले रातैपिच्छे तर्साउलान् कि भन्ने शंकाले मुखियालाईं अचाक्ली परोलेको थियो । आखिरमा दाबी बमोजिम बोलकबोल भयो र सार्कीहरू लास जङ्गलतिर ओसार्न थाले । 

‘हेर् जिते,’ एक जनाले साउती गर्दै भन्यो, ‘यति कोदो पा’का भए सके जुम्लेका सबै बाँच्दा हुन् । कसो ?‘

‘भो, कुरा नगर्,’ अर्कोले साउती गर्‍यो । ‘हेर्, अचेल यो साइँदुवा बन्दुके जवानलाई दायाँँ–बायाँ लाएर हिँड्छ ।’

०००

पर्सिपल्ट राजधानीको एउटा समाचारपत्रले भँगेरा टाउके अक्षरमा समाचार छाप्यो, ‘महान् जनसेवी अन्तरे मुखिया कुतत्त्वहरूका हातबाट अस्ति साँझ परमधाम भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप