शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

सुनकोशीमा अस्थायी बेलीब्रिज जडान सम्पन्न

शनिबार, २७ पुस २०८१, १२ : ४३
शनिबार, २७ पुस २०८१

काठमाडौँ । खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा अस्थायी बेलीब्रिज जडान सम्पन्न भएको छ । सगरमाथा लोकमार्ग अन्तर्गत  सुनकोशी नदीमा बेलिब्रिज जडान गरी शनिबार उद्घाटन गरिएको हो ।

उक्त बेलीब्रिज कोशी प्रदेश भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले उद्घाटन गरेको उनको सचिवालयले जनाएको छ । उक्त बेलीब्रिजले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार जोडेको छ ।यस बेलीब्रिजको लम्बाई ५० मिटर र चौडाइ साढे तीन मिटर रहेको छ । 

गत असोज १२ गतेको बाढीले उक्त पुल बगाएको थियो । पुल बगेसँगै सोलुखुम्बु खोटाङ, ओखलढुङ्गालगायतका पूर्वी पहाडी जिल्लाको तराईसँग सिधा यातायात सञ्चालन बन्द भएको थियो । 

उक्त बेलीब्रिज जडानका लागि एक करोड २९ लाख ४६ हजार ७७ रुपैयाँको डिटेल स्टिमेट लागतमा बोलपत्र आह्वान गरिएको थियो ।  तर एक करोड दुई लाख रुपैयाँमा लागतमाआर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रालि उदयपुर कटारीलाई  ठेक्का दिइएको थियो ।  निर्माण कम्पनीले पुसभित्र सक्ने गरी मङ्सिर २८ गते सम्झौता गरेको थियो । पुस १ गतेदेखि बेलीब्रिज जडान सुरु गरेको थियो ।  

आरएन कन्ट्रक्सन कटारीका प्रोपाईटर रवीन्द्रबहादुर खड्काले नदीमा पानीको बहाब बढेपछि  अस्थायी बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप