फोटोफिचर
पृथ्वीनारायणको सालिकमा १०८ फिट लामो माला (तस्बिरहरू)
शनिबार, २७ पुस २०८१, १२ : २५

काठमाडौँ । शनिवार पृथ्वीनारायण शाहदेवको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू भएका छन् । सोही क्रममा शिव सेना नेपालले पनि राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहदेवको सालिकमा पुष्पगुच्छा अर्पण गरेको छ ।
सो सङ्गठनले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण साहको सालिकमा १०८ फिट लामो माला चढाएको छ । सो कार्यक्रममा शिव सेना नेपालका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।