लस एन्जलिस : आगलागीका कारण मृत्यु हुनेको संख्या ११ जना पुग्यो

लस एन्जलिस । अमेरिकाको लस एन्जलिस काउन्टीका मेडिकल परीक्षकका अनुसार आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
अमेरिकी समय अनुसार शुक्रबार दिउँसो जारी गरिएको अपडेटमा, मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य छ जनाको इटन आगलागीमा मृत्यु भएको बताएका हुन्। मृत्यु हुनेमा हालसम्म तीन जनाको मात्रै सनाखत भएको छ ।
लस एन्जलिसका पाँचवटा क्षेत्रमा फैलिएको आगोलाई नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले निरन्तर काम गरिरहेका छन्। आगो पालिसेड्समा सबैभन्दा व्यापक छ। यहाँको २० हजार एकडभन्दा बढी जमिन आगलागीबाट प्रभावित भएको छ । हालसम्म आठ प्रतिशत मात्र आगो नियन्त्रणमा आएको छ ।
इटनमा फैलिएको आगलागीका कारण करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ । यहाँ तीन प्रतिशत आगो नियन्त्रणमा आएको छ ।
लिडियामा लागेको आगो ७५ प्रतिशत नियन्त्रणमा आएको छ । आगलागीबाट करिब चार सय एकड जमिन प्रभावित भएको छ ।
हर्ष्टमा ७७१ एकड क्षेत्रफल जलेको छ भने ३७ प्रतिशत आगो नियन्त्रणमा आएको छ । योसँगै केनेथको एक हजार एकडभन्दा बढी जमिनमा फैलिएको आगो फैलिनबाट रोकिएको छ । हालसम्म ३५ प्रतिशत आगो नियन्त्रणमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकुम्भ स्नानका लागि गएका पूर्वप्रधानाध्यापक सिंहको सवारी दुर्घटनामा मृत्यु
-
नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीको ज्यादती
-
एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरु
-
च्याम्पियन्स ट्रफी : अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित
-
कतारमा सडक दुर्घटनामा परी नेपाली युवा व्यवसायी आचार्यको मृत्यु
-
मोदीले ट्रम्प फकाउँदा भारतलाई कति फाइदा ?