गाजामा मारिने संख्या रिपोर्ट गरिएभन्दा धेरै नै बढी : अध्ययन

गाजा । हमासको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकभन्दा पनि धेरै प्यालेस्टिनीले गाजामा ज्यान गुमाएको एक अध्ययनले देखाएको छ । द लानसेन्ट मेडिकल जर्नलमा प्रकाशित अध्ययनले यो दाबी गरेको हो ।
बेलायतको नेतृत्वमा गरिएको यो अध्ययनमा सन् २०२३ को अक्टोबर ७ मा हमास विद्रोहीले इजरालयमा आक्रमण गरेपछिका ९ महिना अवधि समावेश छ । यस अध्ययनमा हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क, परिवारले आफन्त गुमाएको अनलाइन सर्भे र ओबिचुरीलाई आधार बनाइएको थियो ।
अध्ययनमा ३० जुन २०२४ सम्म ६४ हजार २६० प्यालेस्टिनीको मृत्यु भएको बताइएको छ । यो आधिकारिक तथ्यांकभन्दा ४१ प्रतिशतले बढी हो ।
बेलायतमा रहेको इजरायली राजदूतावासले गाजाबाट प्राप्त कुनै पनि तथ्यांकलाई विश्वास गर्न नसकिने र यसले हमासलाई फाइदा पुर्याउने टिप्पणी गरेको छ । तर, संयुक्त राष्ट्रसंघले मन्त्रालयको तथ्यांकलाई नै आधिकारिक मान्ने गरेको छ ।
मन्त्रालयको तथ्यांकमा हमास विद्रोही र सर्वसाधारण भनेर छुट्टाइएको हुँदैन । तर, राष्ट्रसंघको हालैको एक रिपोर्टमा ६ महिनामा मारिने अधिकांश महिला र बालबालिका रहेको उल्लेख गरिएको थियो ।
इजरायलले भने हमासको तथ्यांकमा विश्वास गर्न नसकिने बताउँदै इजरायली डिफेन्स फोर्सले १७ हजार आतंकवादीलाई सफाया गरेको दाबी गरेको छ । यद्यपि, उसले यो तथ्याङ्क कहाँबाट ल्यायो भन्ने चाहिँ खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर