शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

रविचन्द्रन अश्विनको भनाइले जन्मायो नयाँ विवाद

शनिबार, २७ पुस २०८१, ०७ : २६
शनिबार, २७ पुस २०८१

चेन्नई । भारतीय क्रिकेट टोलीका पूर्व अफ स्पिनर रविचन्द्रन अश्विनले बोर्डर-गावस्कर ट्रफीको बिचमा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका थिए। उनको यो निर्णयले सबैलाई छक्क पारेका थियाे । 

अहिले अश्विनले भनेको अर्को कुराले सबैलाई आश्चर्यचकित बनाएको छ भने ठुलै विवाद पनि सिर्जना गरेको छ । अश्विनले चेन्नईको एक निजी कलेजको दीक्षान्त समारोहमा भाग लिएका थिए जहाँ उनले हिन्दी भाषा राष्ट्रिय भाषा नभएको बताएका थिए। त्यहाँ हिन्दीको प्रयोग पहिले नै ठुलो मुद्दा बन्ने गरेको छ । तमिलनाडुमा सरकार चलाउने डीएमके लगायत धेरै विपक्षी दलहरूले केन्द्रले जानाजानी हिन्दी थोपरिएको आरोप लगाउँदै आएका छन् ।

कार्यक्रममा अश्विनले विद्यार्थीहरूसँग कुरा गर्दै केही प्रश्नहरू सोधेका थिए । उनले सोधे, ‘यहाँ अङ्ग्रेजी बुझ्नेले ‘हो’ भन्नुहोस् । यो सुनेर विद्यार्थीहरू ठुलो स्वरले कराए । 

यसपछि अश्विनले सोधे- तमिल भाषा बुझ्नेहरूले ‘हो’ भन्नुहोस् । यहाँ पनि विद्यार्थीहरू चर्को स्वरमा कराए । अन्त्यमा अश्विनले सोधे, ‘ठिक छ, हिन्दी?’ त्यहाँ कुनै आवाज सुनिएन। त्यसपछि अश्विनले भने, ‘हिन्दी हाम्रो राष्ट्रिय भाषा होइन, यो आधिकारिक भाषा हो।’

अश्विनको यही भनाइले अहिले विवाद सिर्जना गरेको हो ।  यस विषयमा जनता दुई समूहमा विभाजित छन् । उनी एकतर्फ सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेका छन् भने अर्कोतर्फ उनको समर्थनमा धेरै मानिसहरू पनि उभिएका देखिन्छन् ।

उनको बयानमा समाजवादी पार्टीका नेता फखरुल हसन चन्दले समाचार एजेन्सी एएनआईलाई भने, ‘भारतमा बस्ने मानिसहरू हिन्दी मन पराउँछन् । हिन्दी धेरै सुन्दर भाषा हो। सबैले यसलाई स्वीकार गर्नुपर्छ। भारतले कुन भाषा बोल्छ भन्ने कुराले फरक पर्दैन। भारत एउटा ठुलो देश हो जहाँ पानीसँगै भाषा परिवर्तन हुन्छ । कश्मीरदेखि कन्याकुमारीसम्म सबैलाई हिन्दी मन पर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप