आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु
शनिबार, २७ पुस २०८१, ०७ : १४

पञ्जाब । पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु भएको छ । पञ्जाब प्रहरीका अनुसार यो घटना शुक्रबार राति १२ बजेतिर भएको हो।
गोली लागेपछि गुरप्रीत गोगीलाई लुधियानाको डीएमसी अस्पतालमा ल्याइएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो। पञ्जाब पुलिसका डीसीपी जसकरण सिंह तेजाले भने, ‘गुरप्रीत गोगीलाई अस्पतालमा मृत घोषित गरिएको छ। उनको शवलाई डीएमसी अस्पतालको शवगृहमा राखिएको छ। शवको पोस्टमार्टम गरिनेछ।’
उनले थपे, ‘परिवारका अनुसार गल्तीवश उनले आफूलाई नै गोली हानेका थिए । उनको टाउकोमा गोली लागेको थियो। मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ ।’ गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म