शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

शनिबार आज कसको भागमा कति लाभ ? हेर्नुहोस् राशिफल

शनिबार, २७ पुस २०८१, ०४ : ३९
शनिबार, २७ पुस २०८१

आज विक्रम संवत २०८१ साल, पौष २७ गते, शनिबार । ईश्वी सन् २०२५ जनवरी ११ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९४६ । पौष शुक्लपक्ष । तिथि–द्धादशी, १ घडी ४७ पला, बिहान ७ बजेर ४१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–रोहिणी, १३ घडी २७ पला, दिउँसो १२ बजेर २१ मिनेट उप्रान्त मृगशिरा । योग–शुक्ल, १२ घडी ५० पला, दिउँसो १२ बजेर ६ मिनेट उप्रान्त ब्रम्ह । करण–बालव, बिहान ७ बजेर ४१ मिनेट उप्रान्त कौलव, बेलुकी ६ बजेर ५० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–बृष, बेलुकी ११ बजेर ५१ बजेर मिथुन । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २५ मिनेट । दिनमान २६ घडी १० पला ।

आजको बार बेला  
बिहान ०६ बजेर ५८ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १६ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखि  बिहान ९ बजेर ३५ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५३ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर ५४ मिनेटदेखि  बिहान १२ बजेर १२ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १३ मिनेटदेखि दिउँसो १ बजेर ३० मिनेटसम्म लाभ बेला ।
दिउँसो १ बजेर ३१  मिनेटदेखि दिउँसो २ बजेर ४९ मिनेटसम्म अमृत बेला ।
दिउँसो २ बजेर ५० मिनेटदेखि बेलुकी ४ बजेर ०७ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ८ मिनेटदेखि  बेलुकी ७ बजेर ०७ मिनेटसम्म लाभ बेला ।
नोट :  शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ९ बजेर ३४ मिनेटदेखि  बिहान १० बजेर ५३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट :  राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर २३ मिनेटदेखि बिहान ६ बजेर ११ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) गीत संगीत तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । बोल्ने कलाको विकास िहुनेछ भने बोलेरै धन आर्जन गर्न सकिनेछ । परिवार वा मन परेको मानिसको साथ रमाइलो यत्राको तय गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) नयाँ प्रबिधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरु उठ्नेछन् । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउेन तथा नोकरीमा बढुवा हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपान, भेटघाट तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) स्वास्थको विशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । आर्थिक अवस्था कमजोर हुनाले दैनिकी प्रभावित हुन सक्छ तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरुले खासै सहयोग गर्ने छैनन् । कामलाई दोहोराएर गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । र, पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशी भूमिमा हुनेहरुका लागी समय उत्तम रहेकोछ । शुभ मांगलिक सभासमारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्पत्तिहरु जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेकोछ  । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । शुभ  तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । मनोरञ्जनमा समय व्यतित हुनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टी,टु,टे) सहयोगीहरूले राम्रो साथ दिनेछन् भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। विभिन्न उपहार प्राप्त हुने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। अध्ययन वा कामबाट विश्राम पाइनेछ । परिवारका साथ छोटो दुरीको रमाइलो यात्रा गर्न सकिने तथा भेटघाट, खानपान र मनोरञ्जनमा समय व्यतित हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाई तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना छ । नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)  आफन्त तथा दिदिबहिनीसँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । विभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । खानपान र यात्रामा ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । र, पनि चिठ्ठा पर्ने तथा नसोचेको धन सम्पत्ति प्राप्त हुनसक्छ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यु) कामको चाप र थकाइबाट मुक्तरही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग छ । खानपान, मनोरञ्जन तथा यात्रामा समय व्यतित हुनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) व्यापारबाट मनग्गे आम्दानी हुनेछ । तपाईंको कुरा काट्ने तथा विरोध गर्नेहरु तपाईंकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै जित हात पार्न सकिनेछ । शरीर स्वस्थ रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । अध्ययन वा सरकारी नोकरीमा दिइने परीक्षाहरु सोचैजस्तै राम्रो हुनेछ । पर्यटन  तथा यात्रासँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) सन्तान बृद्धिको योग छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा विषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडिहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागि समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रसन्न हुनेछ । परिवारका ईच्छा तथा आकांक्षा पुरा गर्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । प्रविधिको प्रयोगमार्फत आफ्ना लेख रचना जनमानसमा लैजान  सकिनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय मध्यमय रहेकाले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाइ लेखाइमा विभिन्न कारणले समय दिन सकिने छैन । सवारी साधन चलाउदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला । र, पनि परिवारका साथ घुमफिर, खानपान तथा मनोरञ्जनमा समय व्यतित गर्न सकिनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुशी रहनेछ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । वनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरु जनमानसमा लैजान सकिनेछ । मनोरञ्जन तथा खानपानमा  समय व्यतित हुनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप