बुण्डेस लिगामा बायरलाई सफलता
शनिबार, २७ पुस २०८१, ०४ : ०३

काठमाडौं । जर्मन बुण्डेस लिगामा बायर लिभरकुजेनले बोरुसिया डर्डमण्डलाई हराएको छ । शुक्रबार राती भएको खेलमा बायरले बोरुसियाविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको हो ।
बायरलाई जिताउन नाथन टेला र प्याट्रिक शिकले गोल गरे । शिकको महत्वपूर्ण दुई गोल सहायताले बायर विजयी भयो । बोरुसियाका लागि पहिलो हाफअघि जेमी गिटेन्सले एक गोल फर्काए भने दोस्रो हाफपछि सेरहौ गुइरासीले पेनाल्टीमा एक गोग गरे ।
यो जितसँगै बायरले अंक तालिकाको दोस्रो स्थानमा जरा गाडेको छ । उसको १६ खेलबाट ३५ अंक भएको छ । शीर्ष स्थानको बायर्न म्युनिखको १५ खेलबाट ३६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी
-
सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई ब्यानर हस्तान्तरण
-
प्रधानमन्त्री ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्ने
-
मिडफिल्डर रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित
-
झापा, इलाम र विराटनगरको पेटिकाबाट बार निर्वाचनको मतगणना सुरु
-
मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्थाबारे स्थलगत अनुगमन गरिने