लस एन्जेलसको अग्नि प्रभावित क्षेत्रमा राती कर्फ्यू
शनिबार, २७ पुस २०८१, ०१ : १०
काठमाडौं । अमेरिकाको लस एन्जेलसमा आगलागी प्रभावित क्षेत्रमा रातको समय प्रहरीले कर्फ्यू लगाएको छ । प्रहरीले ‘घृणित’लुटपाटविरुद्ध चेतावनी स्वरुप एलएको अग्नि प्रभावित क्षेत्रमा रातको समय कर्फ्यू लगाएको हो ।
यो नियम प्यासिफिक पेलिसेड्स र ईटन फायर क्षेत्रमा बढी प्रभावकारी हुने स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । प्रहरीले भनेको छ, ‘घृणित लूटपाटमा संलग्न जो कोहीलाई गिरफ्तार गरिनेछ ।’
विनाशकारी आगलागीमा परेर हालसम्म १० जनाको मृत्यु पुष्टि भएको छ भने दशौँ हजार घर संरचना जलेर ध्वस्त भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले एलएलाई ‘युद्ध स्थल’का रुपमा वर्णित गरेका छन् । अधिक तीब्र हावाको बेगतर्फ पुर्वानुमान गर्दै अझै पनि आगो थप फैलिन सक्ने चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लस एन्जेलसको अग्नि प्रभावित क्षेत्रमा राती कर्फ्यू
-
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न कानुन अनुमोदन गर्न सल्लाहकार परिषदद्वारा सिफारिस
-
द्विविधा नहोस् भन्दै परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक
-
१२ बजे, १२ समाचार : तीनवटा अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णयदेखि वर्तमान सरकार संकटमा परिसकेको भन्दै विपक्षी दलको दौडधूपसम्म
-
तीन अध्यादेश ल्याउने सरकारको निर्णय
-
नेपाल स्काउटका निर्देशक भट्टराई निलम्बित