शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : विपक्षी दलहरूको दौडधुप, सुप्रिम सहकारी ठगी प्रकरणमा रविसँग ४ करोड बिगो दाबी

शुक्रबार, २६ पुस २०८१, २२ : ००
शुक्रबार, २६ पुस २०८१

काठमाडौँ । आज मिति २०८१ साल पुस महिनाको २६ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. विपक्षी दलहरूको दौडधुप

 दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको केपी ओली शर्मा नेतृत्वको गठबन्धन सरकार संकटमा परेको निष्कर्ष विपक्षी दलहरूले निकालेका छन् ।एमालेको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले संविधान संशोधन २०८७ सालमा मात्र सम्भव रहेको ‘ब्रिफिङ’ गरेका थिए । 

२. सत्तारुढ दुई दलीय संयन्त्र

सरकार सञ्चालनमा सहजीकरण गर्न तथा आवश्यक सुझाव दिन बनेको दुई दलीय संयन्त्रले अलग–अलग ९ वटा कार्यदल बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको १० सदस्यीय संयन्त्र अन्तर्गत एमाले र कांग्रेसका चार(चार जना सदस्य रहेको कार्यदल यसअघि नै बनिसकेको छ ।

३. धमाधम फिल्म छायांकन

 फिल्म रिलिजझैँ छायांकन गर्न पनि पुस उपयुक्त महिना मानिँदैन । यसमा छोटो दिन, चिसो मौसम, लाइटिङ, खुला वातावरण नहुनेलगायत समस्या कारण हुन् । यद्यपि, कलाकारको व्यस्तता, रिलिज मिति पहिल्यै निर्धारण र पहिल्यैदेखि फ्लोरमा लगायतका कारणले पुसमा छायांकन हुँदै आएको छ ।

४. पोखरी  सौन्दर्यकरण

वीरगन्ज महानगरपालिकाको मुर्ली पोखरी मधेस प्रदेश सरकारको स्वच्छता अभियान कार्यक्रम अन्तर्गत सौन्दर्यकरण योजनामा छनोट परेर ठेक्का सम्झौता भएको पाँच वर्ष बित्यो । तर यो पोखरी सौन्दर्यकरणको काम अहिलेसम्म टुङ्गिन सकेको छैन ।

महानगरपालिकाको वडा नम्बर–१२ स्थित मुर्ली पोखरी सौन्दर्यकरण कार्य अहिले अलपत्र छ । प्रदेश सरकारको योजना र तिनको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने एउटा ज्वलन्त उदाहरण बनेको छ यो पोखरी ।

५. अन्तरवार्ता

माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले उपाध्यक्ष युवराज ज्ञवालीसँग रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश–

६. राष्ट्र बैंकको तथ्यांक

चालु आर्थिक वर्षको मंसिर महिनासम्म मुद्रास्फीति (समग्र मूल्यवृद्धि) दर ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत पुगेको हो ।

७. प्रहरीमा २५ जना एसएसपी पद रिक्त

नेपाल प्रहरीमा २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी रिक्त भएको छ । रिक्त पदमा बढुवा हुन प्रहरी उपरीक्षक (एसपी)हरू शक्तिकेन्द्र धाइरहेका छन् । बढुवा प्रतिस्पर्धा सूचीको पहिलो नम्बरमा छन्, विमल बस्नेत । राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ५ मा भर्ना भएर नेपाल प्रहरीमा आएका उनी २०७२ फागुनमा एसपीमा बढुवा भएका हुन् ।

८. घिसिङले पेस गरे कार्यसम्पादन मूल्यांकन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्यसम्पादन विवरण मूल्याङ्कन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका छन् । कार्यकारी निर्देशक घिसिङले ९८.९९ प्रतिशत अङ्क दाबी गरी मूल्याङ्कनका लागि मुख्य कार्यसम्पादन सूचकाङ्क समेटिएको विवरण पेस गरेका हुन् । 

९. सुप्रिम सहकारी ठगी प्रकरण

 रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितलाई मुद्दा चलाउनुपर्ने राय प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ ।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले बिहीबार लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित  १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।

१०.प्रधानमन्त्रीको भनाइमा सञ्चारमन्त्रीको प्रस्टोक्ति

‘२०८७ सालमा संविधान संशोधन हुन्छ’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको सरकारका प्रवक्तासमेत रहेका सूचना, तथा सञ्चारमन्त्री प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्टीकरण दिएका छन् । प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय समिति बैठकमा ०८७ सालमा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको थियो ।

यो पनि

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप