गोविन्द स्मृति पत्रकारिता पुरस्कारबाट अध्यक्ष रोका पुरस्कृत

काठमाडौँ । प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाले स्थापना गरेको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार टेक बहादुर रोका (टेनिस) पुरस्कृत भएका छन् ।
प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाको तत्कालीन अध्यक्ष रहेका शर्माको २०७६ सालमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।
उनको नाममा काठमाडौँ शाखाले पुरस्कार स्थापना गरी अधिवेशनमा पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रदान गर्दै आएको छ ।
शाखाको काठमाडौँमा आज सम्पन्न चौथो अधिवेशनमा यस वर्षको स्मृति पुरस्कार रोकालाई प्रदान गरिएको हो । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका रोका हाल नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको अध्यक्ष समेत रहेका छन् ।
अधिवेशनमा काठमाडौँ शाखाले, नेपाल पत्रकार महासंघको गत २८ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित हुने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरेको थियो ।
अधिवेशनले राममणी घिमिरेको नेतृत्वको शाखाको नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश
-
राजधानीबाट अर्का बंगलादेशी नागरिक पनि पक्राउ, ५ थान नेपाली पासपोर्ट बरामद
-
म्यानमारमा अनलाइन स्क्यामिङमा फसाइएका २ नेपालीको उद्धार
-
दिनको १ घण्टा मात्रै मोबाइलमा टाँसिए पनि हुन्छ मायोपिया, तपाईं कति चलाउनुहुन्छ ?
-
पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्दै सरकार
-
मास्क लगाएर अक्सिजन च्याम्बरमा किन काम गरिरहेछन् यी अर्बपति ?