तस्बिरमा हेर्नुहोस् सेनाको गोरखा–काठमाडौँ एकीकरण पदयात्रा

काठमाडौँ । पुस २७ गते ३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाले गोरखा–काठमाडौँ एकीकरण पदयात्रा हनुमानढोका दरबारमा समापन गरेको छ । पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै पुस २१ गतेदेखि पदयात्रा सुरु गरेको नेपाली सेनाको रिपुमर्दन गणले धादिङ, नुवाकोट हुँदै शुक्रबार हनुमानढोका पुर्याएको हो ।
सो पद यात्रामा नेपाली सेनाको ब्याण्डबाजा, पञ्जेबाजासहित पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सेनाले पृथ्वीनारायण शाहले स्थापना गरेको पुरानो गोरखगण, बर्दबहादुर गण, सबुज गण, कालीबक्स गण र श्रीनाथ गणको झण्डा, राष्ट्रिय झण्डा र टर्चसहित यात्रा समापन गरेको हो ।
राष्ट्रिय विभूति पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा धादिङ नुवाकोट हुँदै काठमाडौँमा आक्रमण गरेको इतिहास छ । पृथ्वीनारायण शाहले छरिएर रहेका राज्यलाई एकीकृत गरी वर्तमान नेपाल निर्माण गरेका शाहको इतिहासलाई जगेर्ना गर्दै तत्कालीन बाटोलाई पदमार्ग बनाएर पर्यटन प्रवर्धन गर्ने सरकारको तयारी छ ।
भोलि २७ गते हनुमान ढोका परिसरबाट सो टर्च र सेनाको झण्डासहित जंगी अड्डा लगिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी लगानीका लागि ‘सुरक्षित र आशाजनक भूमि’ रहने चीनको प्रतिज्ञा
-
स्रोत नखुलेको ७ लाख रकमसहित एक जना पक्राउ
-
हिउँपहिरोमा दुई जना बेपत्ता
-
दादुराका कारण अमेरिकामा दोस्रो बालकको मृत्यु
-
अमेरिकामा बालिकाहरूमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले हान्यो गोली
-
भारत नेपालमा गणतन्त्रको पक्षमा छ : सभापति देउवा