चालु खाताको बचत घट्न थाल्यो, शोधनान्तर स्थिति सुधारकै अवस्थामा

काठमाडौँ । सरकारको चालु खाताको बचत घट्न थालेको छ । आर्थिक वर्ष २०८०/८१ को मंसिरसम्म रहेको चालु खाता बचत अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको बचतको तुलनामा ३२ करोड रुपैयाँले घटेको हो ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ४० अर्ब ७१ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोडले बचतमा रहेको थियो । यो अवधिमा खुद पुँजीगत ट्रान्सफर ३ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ८७ करोड रहेको थियो ।
मंसिर महिनासम्म ६ अर्ब ३ करोड प्रत्यक्ष वैदेशिक (इक्विटी) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (इक्विटी) लगानी आप्रवाह रु.३ अर्ब ९३ करोड रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
त्यस्तै, शोधनान्तर स्थिति यो अवधिमा २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब १६ अर्ब ५ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित
-
लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत