२ लाख ‘एचपीभी’ खोप ल्याइँदै

काठमाडौँ । क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप २ लाख मात्रा ल्याइँदै छ । आगामी माघ २२ गतेदेखि देश व्यापीरुपमा सो खोप लगाउने सरकारको तयारी छ ।
त्यसका लागि १५ लाख मात्रा खोप ल्याइसकेको र थप २ लाख मात्रा खोप ल्याउन लागिएको हो । १७ लाखमध्ये १५ लाख मात्रा खोप आइपुगेको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । थप २ लाख मात्रा खोप यही पुस २८ गते आइपुग्ने जनाइएको छ ।
नेपालमा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१÷८२ सञ्चालन गर्ने निर्णय गरिसकेको छ । पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।
यही माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने शाखाले जनाएको छ । एचपीभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?
-
कक्षा १२ को परीक्षा : केन्द्राध्यक्षले दिन थाले राजीनामा
-
७२ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने कर्मचारीहरूको चेतावनी
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
एक साताभित्र जुत्ता,चप्पल र औषधीमा एमआरपी अनिवार्य राख्न निर्देशन
-
विद्यालय शिक्षा विधेयकको छलफल अघि बढाउन भूमि व्यवस्था मन्त्रीलाई जिम्मेवारी