राजनीति
कांग्रेसका ३७ विभागमा देउवाले गरे सचिव मनोनयन
शुक्रबार, २६ पुस २०८१, १६ : ४६

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न ३७ विभागमा सचिव मनोनयन गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सचिव मनोनीत गरेका हुन् ।
जसअन्तर्गत प्रदेश समन्वय विभाग डा.रघु काफ्ले (तनहुँ), महिला विभागमा कविता इटनी (धादिङ), सूचना, सञ्चार तथा प्रचार विभाग गोपाल झा (महोत्तरी) लाई मनोनीत गरेका हुन । त्यसैगरी वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग ई.समीक्षा चौधरी (कैलाली), उद्योग तथा व्यापार विभाग ध्रुव खड्का (काठमाडौँ), सहकारी विभागमा चन्द्रप्रसाद ढकाल (नवपरासी व.सु.पश्चिम), पेशागत तथा बुद्धिजीवी विभागमा विजय तुम्बाहाम्फे (तेह्रथुम) लाई मनोनयन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंलाई स्कार्पियो चढाएर भारतबाट ल्याइएको थियो नेपाल
-
नार्क र भारतीय कृषि प्रतिनिधिमण्डलबिच छलफल
-
दुर्गा प्रसाईंका अंगरक्षक पनि पक्राउ
-
धितोपत्र बोर्डको संरचना परिवर्तन गर्न आयोगको सुझाव
-
व्यापार युद्धको भय : विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै बढी
-
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी