काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का डाक्टरहरू सर्वोच्च पुगेका छन् । मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाउने गरी कार्यविधि बनाएको भन्दै डाक्टरहरू सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा मेडिकल क्षेत्रमात्र समावेश नगर्ने कार्य गैरकानुनी र आफूहरुलाई उक्त अवसरबाट वञ्चित गराउने मनसाय भएको दाबी गर्दै उनीहरुले अन्तरिम आदेशको माग गरेका छन् ।
छनोट समितिलाई बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अदालत आउन बाध्य भएको र रिट निवेदनमा अन्तरिम आदेश जारी नहुँदा अपुरणनीय क्षति हुने रिटमा उल्लेख छ ।
कार्यविधिका मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने राखिएको छ । यो व्यवस्थामा मेडिकल क्षेत्र नसमेटिने डाक्टरहरूको जिकिर रिटमा छ ।
योग्यताको विषयमा थप प्रष्ट पार्न छनोट समितिका संयोजक केयूका पूर्वउपकुलपति सुरेशराज शर्मालाई आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो डाक्टरहरूको छ । उनीहरुले आफूहरू बाध्य भएर सर्वोच्च आएको र अदालतबाट न्याय हुनुपर्ने माग रिटमा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे
-
दिल्लीलाई उछिन्दै गुजरात आईपीएलको शीर्ष स्थानमा