वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिनुपर्ने

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जानुपूर्व प्रदान गरिने अभिमुखीकरण तालिम देशगत रूपमा दिनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थाहरूलाई देशगत समूहमा तालिम दिन निर्देशन दिएको हो ।
आगामी माघ १ गतेदेखि त्यस्ता संस्थाहरूले देशगत रूपमा पूर्व प्रस्थान तालिम प्रदान गर्नुपर्ने भएको हो । विभागले गत पुस ३ गतेदेखि फेसटाइम एटेन्डेन्स एण्ड आइरिस रिकग्निसन सिस्टम लागू गरेको थियो ।
आइरिस सिस्टम लागू भएसँगै विभागले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई देशगत रूपमा तालिम प्रदान गर्न निर्देशन दिएको हो ।
उक्त सिस्टम लागू भएसँगै अनिवार्य रूपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि भौतिक रूपमा नै कक्षामा उपस्थित हुने गरेका छन् । विभागले देशगत क्लस्टर लागू गर्न निर्देशन दिँदै सोही आधारमा पूर्वतयारी गर्न भनेको हो ।
यसअघि क्लस्टर तालिम सञ्चालन अनुमतिप्राप्त संस्थाले १ माघदेखि तोकिएको क्लस्टर अनुसारको तालिम सञ्चालन गर्नुपर्ने भनेको छ । देशगत क्लस्टर सञ्चालन अनुमतिका लागि निवेदन नदिएका वा निवेदन दिएपनि छनोट नभएका संस्थाले २८ पुसभित्र आफूले सञ्चालन गर्ने देशगत क्लस्टर समूह, पूर्वाधार र प्रशिक्षकहरूको योग्यता खुलाए निवेदन दिएर छनोट भएपछि १ माघदेखि नै देशगत तालिम सञ्चालन गर्नुपर्ने विभागले जनाएको छ ।
देशगत क्लस्टर तालिम संचालनअनुमति पाएका संस्थाले एकभन्दा बढी क्लस्टरमा तालिम सञ्चालन गर्न वा तोकिएको क्लस्टर परिवर्तन गर्न चाहेको अवस्थामा आफूले सञ्चालन गर्न चाहेको पूर्वाधार र प्रशिक्षकको योग्यता खुलाई कम्तीमा ७ दिन अगाडि नै निवेदन दिनुपर्ने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजलाई अनुशासित र चरित्रवान् बनाउन नैतिक शिक्षा सुधार गर्नुपर्छ : खिलराज रेग्मी
-
भैरहवामा कांग्रेसका २ महामन्त्री र ४ विज्ञले के–के विषयमा दिए प्रशिक्षण ?
-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
पशुपतिको बालुवामा भ्रष्टाचार : काठमाडौँका दुई पूर्व एलडीओसहित ३ जना कारागार चलान
-
अपडेट : हृदयाघात भएका पूर्वयुवराज पारस शाहको नर्भिकको आइसीयुमा उपचार हुँदै