सहजपुर–निगाली सडक स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अन्तिम चरणमा

कैलाली । कैलालीको चुरे गाउँपालिकामा झण्डै १५ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढ्ने भएको छ । विश्व बैङ्कको ऋण सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाको सहजपुर–निगालीसम्म १४ दशमलव ८५ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो ।
प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम प्रादेशिक आयोजना व्यवस्थापन इकाइ धनगढीका प्रमुख जगतराज जोशीले सहजपुरदेखि गाउँपालिकाको केन्द्रसम्म सडक स्तरोन्नति हुने जानकारी दिए । सहजपुरदेखि चुरे गाउँपालिकाको केन्द्रसम्म साढे ६ मिटर चौडाइ र त्यसपछि सिङ्गल लेन सडक कालोपत्र हुने उनले बताए । उक्त सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरी सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजना व्यवस्थापन इकाइ कार्यालय धनगढीले जनाएको छ ।
इकाइ प्रमुख जोशीले सडक क्षेत्रमा पर्ने रूख कटानका लागि आवश्यक प्रक्रिया सुरु गरिएको र सो काम सकिएपछि सडक स्तरोन्नतिको काम सुरु हुने बताए ।
यसैगरी, चुरे गाउँपालिका क्षेत्रभित्र ‘ट्र्याक’ खोलिएका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम भइरहेको छ । चौमाला–गर्भा दरबार, चौमाला–खैराला, सहजपुर–अलाडनिगाली, देउराली–मौरे सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीले बताए ।
चुरे गाउँपालिकास्थित छवटै वडा गाउँपालिकाको केन्द्रसँग सडक सञ्जालले जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय