सहकारी ठगी प्रकरण
लिला पछाईंले पनि बुझाइन् धरौटी
शुक्रबार, २६ पुस २०८१, १४ : ३२

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी लिला पछाईंले पनि धरौटी बुझाएकी छिन् । उनले शुक्रबार जिल्ला अदालत कास्कीमा नगद धरौटी बुझाएकी हुन् ।
जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले पछाईंसँग ३७ लाख धरौटी माग गरेका थिए । सोही अनुसार पछाईंले ३७ लाख धरौटी बुझाएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
‘आदेश अनुसारको धरौटी दाखिला भएको छ । उहाँ रिहा हुनुभयो,’ उनले भने ।
बिहीबार पैसा बुझाउन नसकेपछि उनलाई कास्की कारागार चलान गरिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ६ जनाले धरौटी बुझाएर बिहीबार नै रिहा भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन