चीनमा गएको भूकम्पबाट भएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त
शुक्रबार, २६ पुस २०८१, १४ : १०

काठमाडौँ । चीनमा गएको भूकम्पबाट भएको क्षतिप्रति विप्लव नेतृत्वको नेकपाले दुःख व्यक्त गरेको छ ।
सिजाङ स्वायत्त क्षेत्रमा पर्ने शिगात्से शहरको डिङ्ग्री केन्द्रबिन्दु बनाएर पुस २३ गते शक्तिशाली भूकम्प गएको थियो ।
नेकपाका अन्तर्राष्ट्रिय विभाग सचिव खगेश्वर सीले जारी गरेको विज्ञप्तिमा प्राकृतिक प्रकोपले निम्त्याएको यस दुःखद घडीमा, चीन, चिनियाँ सरकार र चिनियाँ जनताप्रति सहानुभूति प्रकट गरिएको छ ।
भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नेकपाले शोकाकुल परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित