कर्मचारीको प्रमोशन छिटो हुने व्यवस्था गरौँ : कोइराला

काठमाडौँ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी नभएको बताएका छन् । शुक्रबार राज्यव्यवस्था समिति बैठकमा निजामति विधेयकबारे बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘संघीय निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी छैनन् । कानुनले विभेद गर्नुहुन्न ।’ उनले कर्मचारीहरुको सरुवा व्यवस्थित गर्न समेत सझुाव दिए । कोइरालाले ५ वर्ष एउटै पदमा काम गर्नेलाई १ र १० वर्ष काम गरेकालाई २ तहले वृद्धि गर्न समेत प्रस्ताव राखे । उनले उमेरहद ६० बनाउन सुझाव दिँदै त्यसमा विभेद गर्न नहुने बताए । कोयरालाले भने, ‘कर्मचारी सेवामा प्रवेश महिलाका लागि ४० र पुरुष ३५ वर्ष ठिक छ ।’
उनले प्रमोशन खोज्ने भएकोले कर्मचारीको प्रमोशन छिटो हुने व्यवस्था गर्न समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’
-
राम्रो निद्राका लागि ३ योगासन
-
माओवादीको हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान किन ?