धादिङमा दुई समूहबिच कुटाकुट हुँदा घाइते भएका पुरुषको मृत्यु, १ जना पक्राउ
शुक्रबार, २६ पुस २०८१, १३ : ४१

काठमाडौँ । धादिङको खनियाबास गाउँपालिका–१ स्थित झार्लाङमा सामान्य विवादमा दुई समूहबिच कुटाकुट हुँदा घाइते भएका पुरुषको मृत्यु भएको छ । पुस १४ मा कुटाकुट हुँदा घाइते भएका ४५ वर्षीय रामबहादुर तामाङले उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा ज्यान गुमाएका हुन् ।
उनको हत्यामा संलग्न आरोपमा प्रहरीले झार्लाङ घर भएका २४ वर्षीय नेशन तामाङलाई पक्राउ गरेको छ । उनी विरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डीएसपी हमालले जानकारी दिए ।
सँगै बसेर मदिरा खाँदै गर्दा विवाद भएपछि दुई समूहबिच कुटाकुट भएको थियो । कुटपिटबाट घाइते रामबहादुरलाई उपचार गर्न धादिङबेशी हुँदै काठमाडौँ ल्याइएको हो । कुटपिटमा संलग्न अरु दुई जना फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता