नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौँमा सुरु
काठमाडौँ । नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौँमा सुरु भएको हो ।
बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए ।
उनले भारत नेपालको आयात निर्यात र व्यापारका हिसाबले महत्त्वपूर्ण पार्टनर भएकाले भारतसँगको यस्ता छलफल निकै महत्त्वपूर्ण हुने उल्लेख गरे । प्रवक्ता बाबुराम अधिकारीले नेपाल भारतबिच केही समयदेखि व्यापार र पारवहनमा देखिएका समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुने जानकारी दिए ।
उनले एक अर्को देशको गुणस्तर प्रमाणीकरण गर्ने निकायले जारी गरेको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन सहमति गर्ने, नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई नेपालको गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्ने जस्ता एजेन्डा नेपालको रहेको बताए । उनले बैठकमा भारतका प्रतिनिधिहरू सकारात्मक भएर बैठकमा सहभागिता भएकाले बैठक उपलब्धिमुलक हुने आशा रहेको बताए । उनले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन ढिलाइ भएको विषयलाई पनि बैठकमा राखिने बताउँदै भारत त्यो विषयमा सकारात्मक रहेको बताए । उनले यो बैठकले नेपाली निर्यातकर्ताले बीआईएस प्रमाणपत्र लिन सहज बनाउने विषयमा ब्रेक थ्रु हुने बताए ।
बैठकमा निजी क्षेत्रले कृषि वस्तुको हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको गुणस्तर प्रमाणपत्रलाई मान्यता दिन आग्रह गर्न समेत माग गरेका छन् । नेपाली निजी क्षेत्रले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पुर्याउने विषयलाई प्राथमिकता दिन सुझाव दिएका छन् । नेपाल–भारत वाणिज्य सचिवस्तरको आज र भोली चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाडोबाट जोगिन उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
-
राष्ट्र बैंकको रिपोर्टमै देखियो उच्च मूल्यवृद्धि, मंसिरसम्म ६.०५ प्रतिशत
-
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटघाट
-
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्रबिच भेटघाट : के–के भयो छलफल ?
-
लागुऔषध, आत्महत्या र सडक दुर्घटना चुनौती : गृहमन्त्री लेखक
-
लोसपाले तयार गर्यो महाधिवेशन निर्वाचन निर्देशिका