शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘कार्साङ’ भर्सेज ‘गेम चेन्जर’

शुक्रबार, २६ पुस २०८१, १२ : ४७
शुक्रबार, २६ पुस २०८१

काठमाडौँ । आज शुक्रवारबाट फिल्म हलमा एक हिन्दी सहित दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘कार्साङ’ र ‘गेम चेन्जर’ । ‘कार्साङ’ नेपाली फिल्म हो, भने ‘गेम चेन्जर’ भारतीय फिल्म हो । दुवै फिल्म देशभर प्रदर्शनमा आएको हो ।

यी मध्ये शो र हल धेरै नेपाली फिल्म ‘कार्साङ’ ले पाएको छ । यद्यपि देशभका फिल्म हल यी दुई फिल्मले कब्जा जमाउन पाएका छैनन् । किनभने यस अगाडि रिलिज भएका नेपाली ‘पूर्णबहादुरको सारङ्गी’, हिन्दी ‘पुष्पा २’ र अङ्ग्रेजी फिल्म ‘मुफासा’ ले अझै केही स्टेशनमा कब्जा जमाएर बसेको छ ।

‘कार्साङ’ 

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म हो ‘कार्साङ’ । वर्षमा धेरै फिल्म रिलिज हुने अभिनेता दयाहाङको कुनै बेला एउटै मितिमा दुई फिल्मसम्म रिलिज भए । गत मात्र उनका ९ वटा फिल्म रिलिज भए । कति महिनैपिच्छे आए त कति एउटै मितिमा पनि । ‘कार्साङ’ भने ६ महिनामा आएको हो । गत असार २८ गते प्रदर्शन भएको ‘घरज्वाइँ’ पछि उनका कुनै फिल्म आएका थिएनन् ।

शेर्पा समुदायको संस्कृति र परम्परामा आधारित भएर बनेको फिल्मले अभाव र दुःखसँग जुधिरहेको एक परिवारले आफ्नो संस्कार जोगाउन गरेको सङ्घर्षको कथा भन्छ । फिल्ममा दयाहाङ शेर्पा समुदायको झाँक्रीको भूमिकामा छन् । उनकी श्रीमतीको भूमिकामा सिर्जना निङलेखुले अभिनय गरेकी छन् । सिर्जनाको यो पहिलो फिल्म हो ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्ममा दयाहाङ र सिर्जनको अलवा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, सुरवीर पण्डित लगायतको पनि अभिनय छ । फिल्मको निर्माता तथा छायाकारमा पुरुषोत्तम प्रधान हुन् । बुधवार साँझ काठमाडौँमा गरिएको प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको थियो ।

‘गेम चेन्जर’ 

रामचरण र कियारा आडवाणी अभिनित तेलुगु फिल्म ‘गेम चेन्जर’ शङ्करले निर्देशन गरेका हुन् । सन् २०२५ को बहुप्रतीक्षित भारतीय फिल्ममध्ये एक मानिएको फिल्ममा रामचरणको बाबु छोराको दोहोरो भूमिका छ ।

एक्सन थ्रिलर कथामा निर्माण भएको फिल्ममा रामचरण र कियारको अलवा अञ्जली, समुथिराकनी, सूर्या, श्रीकान्त, प्रकाश राज र सुनिलको मुख्य भूमिका छ । फिल्ममा थमन एसले संगीत दिएका छन् । फिल्मको छायाङ्कन हैदरावाद, न्युजिल्याण्ड, विशाखापट्टनम, मुम्बई र चण्डीगढमा गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप