शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

देशको परिवर्तनमा जनपत्रकारिताको भूमिका महत्त्वपूर्ण छ : सुवेदी

शुक्रबार, २६ पुस २०८१, ११ : ५६
शुक्रबार, २६ पुस २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज सूर्य सुवेदीले जनयुद्धकालीन पत्रकारिताले परिवर्तनमा ठुलो भूमिका खेलेको बताएका छन्। प्रचार मोर्चामा खटेका थुप्रै पत्रकारले बलिदान दिएको बताउँदै उनले पछिल्लो समय काठमाडौँ लगायत देशभर प्रेस सेन्टर नेपालले राम्रो प्रगति गरेको र यसबाट पार्टीले पनि सिक्ने धारणा राखे ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति काठमाडौँको चौथो अधिवेशनको उद्घाटनसत्र उनले पार्टीको केन्द्रीय समितिको बैठकले क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने निर्णय गरेको बताए । माओवादी देशको विकल्प भएको दाबी गर्दै उनले केन्द्रीय समितिको बैठकले पार्टीलाई जनतातर्फ फर्काएको बताए ।

सरकार फेरबदलको खेलमा नलागी जनताको साथमा रहेर नयाँ क्रान्तिको सुरुवात गर्ने बताउँदै उनले समाजवादी क्रान्तिका लागि पार्टी अगाडि बढेको बताए । समाजवादी क्रान्तिका लागि जेसुकैले त्याग गर्नुपरे गरौला भनी पार्टीका नेताहरूले प्रतिबद्धता जनाएको बताउँदै उनले समाजवादी क्रान्तिको पहलकर्ताको रूपमा अगाडि बढ्न आग्रह गरे ।

अधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघको विभिन्न तहमा निर्वाचित पदाधिकारीलाई सम्मान पनि गरेको थियो । अधिवेशनले आजै नयाँ कार्यसमिति चयन गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप