फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
फुङ्लिङ । लिम्बू समुदायको संस्कृति संरक्षण गर्न ताप्लेजुङ सदरमुकाम फुङलिङमा तोक्मेमा धाननाच प्रतिमा (ताक्वाजङ याःसक्मादेन) निर्माण गरिएको छ । यो प्रतिमा किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
प्रतिमा निर्माणका संयोजक कीर्तिमान मादेनका अनुसार यसबाट लिम्बू समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण गरी जीवन्त राख्न योगदान पुर्याएको छ । धाननाच प्रतिमा लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई मूर्तरूप दिन खोजिएको छ ।
प्रतिमामा दुई महिला र दुई पुरुषले धाननाच गर्दै गरेको दृश्यलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । मूर्तिकार पूर्ण वनेमको नेतृत्वमा चार जनाको टोलीले काँसको प्रयोग गरी यो प्रतिमा तयार पारेका हुन् । प्रतिमा निर्माण गर्न राष्ट्रिय तथा अनुभवी मूर्तिकारको सहयोग लिइएको थियो ।
प्रतिमाको पृष्ठभूमिमा कुम्भकर्ण हिमाल (फक्ताङलुङ) र पाथीभरा (मुक्कुमलुङ) को आकृति राखिएको छ । प्रतिमा नजिकको रमणीयस्थल तोक्मेलाई सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको हो । समितिका अनुसार यसले लिम्बू समुदायको मौलिक सांस्कृतिक परम्परालाई उजागर गर्नुका साथै भविष्यका पुस्तालाई यो परम्पराको महत्व बुझाउन प्रेरणा दिनेछ ।
धाननाच लिम्बू समुदायको परम्परागत नाच हो । यो नाच प्राचीन समयदेखि पालम गाउँदै नाचिने गरिन्छ । धान रोप्ने र भित्र्याउने समयमा यो नाच सांस्कृतिक परम्पराका रूपमा प्रचलित छ । तोक्मेमा निर्माण गरिएको यो प्रतिमाले ताप्लेजुङ जिल्लामा सांस्कृतिक र पर्यटकीय सम्भावनालाई उजागर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँ पग्लिएर हिमाल नाङ्गा हुनु दुखद हो : देउवा
-
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिनुपर्ने
-
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
प्रधानमन्त्रीको भनाइमा सञ्चारमन्त्रीको प्रस्टोक्ति– संविधान संशोधन हुन्छ
-
घिसिङले पेस गरे कार्यसम्पादन मूल्यांकन, ९८.९९ प्रतिशत अङ्क दाबी
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत