दक्षिण भारतमा भागदौडमा ६ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
शुक्रबार, २६ पुस २०८१, ११ : १५

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको धार्मिक शहर तिरुपतिमा भागदौड हुँदा चार महिलासहित कम्तीमा छ जनाको मृत्यु भएको छ । साथै २५ भन्दा बढी गम्भीर घाइते र लगभग ७० जना सामान्य घाइते भएका छन् ।
शुक्रबार वैकुण्ठ एकादशी को शुभ अवसरमा प्रसिद्ध तिरुपाला मन्दिरमा प्रार्थना गर्न टोकन सङ्कलन गर्न लगभग ४ हजार मानिसहरू भेला हुँदा यो घटना भएको बताइएको छ । गम्भीर घाइतेहरूलाई तत्काल उपचारको लागि स्थानीय सरकारी अस्पताल लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ